समाचारAll

प्रथम उपमेयर कप २०७९ हुने

दमौली खबर संवाददाता

दमौली, फागुन २६

दमौलीमा प्रथम उपमेयर कप २०७९ हुने भएको छ ।व्यास नगरपालिका–५ स्थित चुँदरे युवा क्लबको आयोजनामा जिल्लामै सर्वाधिक राशीको कप हुने भएको हो । व्यास नगरपालिका–३ बिपी बनबाटिका खेलमैदानमा फागुन २९ देखि चैत्र ७ गतेसम्म खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेले दुई लाख दुई हजार दुई सय २२ ,द्वितीय हुनेले एक लाख ११ हजार १११ नगद तथा ट्रफि,मेडल र प्रमाणपत्र रहेको प्रतियोगिताको मूल संयोजक खुमबहादुर दरैले जानकारी दिनुभयो । उत्कृष्ट खेलाडी,सर्वाधिक गोलकर्ता,उत्कृष्ट गोलरक्षकलाई पाँच हजार पाँच सयका दरले नगद तथा ट्रफि,मेडल र प्रमाणपत्र वितरण गरिने खेल संयोजक सलमान मियाले जानकारी दिनुभयो ।

Show More

Related Articles

Back to top button