समाचारआँबुखैरेनी

आँबुखैरेनी गाउँपालिकाको ८औँ गाउँसभाबाट दुई विद्येयक पारित

तनहुँको आँबुखैरेनी गाउँपालिकाको ८औं गाउँसभा सोमबार सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा सम्पन्न भएको सो सभाले आर्थिक वर्ष २०७७÷०७८ का लािग ५८ करोड ५ लाख बराबरको संशोधित कार्यक्रम र बजेटका साथै २ वटा विद्येयक समेत पारित गरेको छ । पारित गरेको विद्येयकमा ५० प्रतिशत अनुदानमा संचालन हुने पशु सेवा कार्यक्रम कार्यान्वयन कार्यविधि २०७७ र पशुपन्क्षी पकेट क्षेत्र प्रवद्र्धन सहयोग कार्यक्रम संचालन निर्देशिका २०७७ रहेको गाउँपालिकाले जानकारी दिएको छ ।

गाउँसभाले आँबुखैरेनी गाउँपालिकाका हरेक वडामा एक÷एक वटा पोखरी र चौतारी निर्माण गर्ने निर्णय गरेको छ । पर्यावरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाको प्रत्येक वडामा एक÷एक वटा पोखरी र चौतारी निर्माण गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद पोखरेलले बताए ।

गाउँसभाले आवधिक योजना निर्माण गर्ने, बजार क्षेत्रमा हरित वेल्ट निर्माण गर्ने, क्रमागत योजनाका रुपमा संचालन हुने गरि बहुद्देश्यिय भवन निर्माण कार्य सुरु गर्ने लगायतका निर्णयहरु समेत भएको उनले बताए । गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाको अध्यक्षतामा सम्पन्न गाउँसभामा उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत पोखरेल, वडाध्यक्षहरु एवं कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Show More

Related Articles

Back to top button