दमौली खबर संवाददाता
नेपाल संविधानले हरेक बालबालिकाले शिक्षा आर्जन गर्न पाउनु पर्ने भन्दै नैसर्गिक अधिकार दिएको छ । माध्यामिक तह सम्म अध्ययन हरेक नागरिकको लागि निशुल्क व्यवस्था गर्नुपर्ने प्रावधान राखेको छ । कानुनले व्यवस्था गरेपनि अझै थुप्रै नागरिक शिक्षा लिन बंचित । स्थानीय सरकार गंभिर बनेर लाग्ने हो भने कुनै पनि बालबालिका शिक्षाबाट हुन नपर्ने अवस्था व्यवहारमा उर्तान सकिन्छ । तनहुँको आँबुखैरनी गाउँपालिकाले विपन्न बालबालिकाले गाउँपालिकाको सहयोगमा पढ्ने अवसर दिएर उदाहरणीय काम गरेको छ । कोही पनि विद्यार्थी आर्थिक अभावले शिक्षा बाट बञ्चित हुन नपरोस् भनेर अध्ययनको लागि सहयोग प्रदान गर्ने कार्य व्यवहारमा उतारेको छ । गाउँकार्यपालिकाको २०८० साल साउन १९ गते विपन्नको लागि आर्थिक सहयोग गर्ने निर्णय बमोजिम सहयोग प्रदान गरि नमुना काम गरेको छ ।
आँबुखैरेनी गाउँपालिकामा स्थायी बसोबास गर्ने आर्थिक रुपमा कमजोर रहेको गाउँपालिकाभित्र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहयोग गर्ने निर्णय हुन प्रशंसनीक काम हो । चुमानका अनुसार चेपाङ जातिका विद्यार्थीहरुलाइ गास, बास र आवास सहित माध्यमिक तहसम्मको अध्ययनमा लाग्ने सम्पुर्ण खर्च पालिकाले जिम्मा लिने र सो बापत वार्षिक ६० हजार उपलब्ध गराउने भनि निर्णय गरे अनुसार रकम प्रदान गर्न थालेर सबैलाई नयाँ सन्देश प्रदान गरेको छ । यस क्रममा वडा नम्बर ३ स्थित रामशाह माविमा अध्ययनरत आँबुखैरेनी गाउँपालिका वडा न ५ निवासी अमृत चेपाङलाइ पहिलो किस्ता ४ महिना वापतको रकम बुधबार प्रदान गरेर कुरा गर्ने मात्रै हैन काम पनि गरेर देखाईएको छ । त्यसो आँबुखैरेनी गाउँपालिकाका सबै जनप्रतिनिधिका छोराछोरीले सामुदायिक विद्यालयमा पढ्न कार्य कार्यान्वयनमा ल्याईसकिएको छ । गाउँ कार्यपालिकाको चालु शैक्षिक सत्रदेखि जनप्रतिनिधिले आफ्ना सन्तानलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा अध्ययन गराउनुपर्ने निर्णय गरे बमोजिम कार्यान्वयनमा ल्याईएको छ यो राम्रो काम हो । शिक्षालाई प्राथमिकता दिनु र सबैको पहुँचमा शिक्षालाई पु¥याउनु आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधी र यस कार्यको लागि सहयोग गर्ने कर्मचारी तथा स्थानीय बासिन्दा धन्यवादको पात्र बनेका छन् । सामुहिक प्रयन्त गरी काम गर्ने भने सफलता मिल्छ । यस्तो सिको अन्य स्थानीय सरकारले पनि गर्नु आवश्यक छ ।