समाचारAllस्वास्थ्य

अपाङ्गताको विविध विषयमा छलफल कार्यक्रम सम्पन्न

दमौली खबर संवाददाता
दमौली, मंसिर १२ गते ।
अपाङ्गता भएका व्यक्तिहरुद्वारा स्थापित सहृदयी मञ्च तनहुँ नेपाल र स्वाबलम्वन जीवन पद्दति केन्द्र पोखराको संयुक्त आयोजनामा लैङ्गिग हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत अपाङ्गता सम्बन्धी समसामयिकविषयमा एक छलफल गरिएको छ । कार्यक्रममा व्यास नगरपालिकाको उपप्रमुख अपाङ्गता इन्दिरा दरैले व्यास नगरपालिका अपाङ्गता भएका व्यक्तिहरुको पक्षमा सधैं सकारात्मक भएको बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक सशक्तिकरणको लागि सी पमूलककार्यक्रमहरु सञ्चालन गर्नु पर्ने बताउनु भयो ।
     संस्थाको अध्यक्ष सावित्री सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सामाजिक विकास कार्यालय तनहुँका प्रमुख बिक्रम सुवेदी, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख शंखरबाबु अधिकारी, व्यास नगरपालिका महिला, बालबालिका तथा समाज कल्याण उपशाखाको प्रमुख राधा आचार्य, म्याग्दे गाउँपालिका महिला, बालबालिका तथा समाजकल्याण शाखाको प्रमुख शारदा पौडेल, राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष अञ्जना के.सी, स्वाबलम्बनजीवन पद्दति केन्द्र पोखराको अध्यक्ष हेम गुरुङ्ग, अपाङ्गता अधिकारकर्मी मदन पौडेल, रिसेडका उपाध्यक्ष ईश्वर बास्तोलाले अपाङ्गता भएकाव्यक्तिहरुलाई पर्ने विविध समस्या र समाधानकाउपायहरु बारेमा आ–आफ्नो धारणा राख्नु भएको थियो । उक्तकार्यक्रम सहृदयीमञ्चका सचिव कृष्णा थापाले गर्नु भएको थियो ।
Show More

Related Articles

Back to top button