समाचारAll

अझै रोग लु्काउँछन् कुष्ठ रोगी, तनहुँमा ७ जना कुष्ठ रोगी फेला

दमौली खबर संवाददाता

तनहुँ, माघ १५

समाजमा अझै पनि कुष्ठ रोगीहरु खुल्न सकेका छैनन् । समाजले उपेक्षा गर्ने भएकोले हेलत्व हुने सोचले गर्दा रोगीहरुले रोग लुकाएर बस्ने गरेकाले यकिन तथ्याङ्क सङ्लन गर्न कठिन भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ,तनहुँमा सात जना कुष्ठरोगका बिरामी रहेका छन् ।

चालु आर्थिक वर्षको हाल सम्ममा व्यास नगरपालिकामा तीन, आँबुखैरेनी गाउँपालिकामा २, देवघाट गाउँपालिकामा र बन्दीपुर गाउँपालिकामा एक ÷एक गरी सो सङ्ख्यामा विरामी रहेका उनिहरुले नियमित उपचार गरिरहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले बताउनुभयो ।

गत आर्थिक वर्ष २०७८÷०७९ मा १३ जना कुष्ठ रोगीका विरामी फेला परेको उहाँले जानकारी दिनुभयो । स्वस्थ्य प्रमुख अधिकारीले भन्नुभयो, व्यापक जनचेतना सञ्चालन गर्नु पर्ने भएको देखिएको छ’’ । समयमा उपचार गरे कुष्ठरोग निको हुन्छ र अङ्गभङ्ग हुँदैन भन्ने चेतनाको अभावले गर्दा जिल्लामा कतिपय कुष्ठरोगका बिरामी रोग लुकाएर बस्ने गरेको स्वास्थ्य प्रमुख अधिकारी बताउनुहुन्छ । नियमित औषधि सेवन गरे रोग निको हुने दमौली अस्पतालका डा. नविन सुन्दासले बताउनुभयोे । स्वास्थ्य संस्थामा उपचारका लागि जान लाज मान्ने गरेको पाइएकोले रोग नियन्त्रण लिन कठिन हुने गरेको उहाँले जानकारी दिनुभयो । ‘‘नदुख्ने लाटो फुस्रो दाग शरिमा देखिएमा स्वास्थ्य स्वास्थ्यमा सम्पर्क गर्ने र नियमित औषधी खाँदा निको हुन्छ’’ डा.सुन्दासले भन्नुभयो ।

जिल्लाका सबै स्वास्थ्य संस्थामा कुष्ठरोगको निःशुल्क औषधिको व्यवस्था गरिएको र त्यस्ता रोगका बिरामीले समयमै नजिकको स्वास्थ्य संस्थामा गएर नियमित औषधि सेवन गर्न कार्यालय तनहुँले आग्रह गरेको छ । ‘‘सुरुकै अवस्थामा रोगको निदान र उपचार गरेमा रोग निको हुन्छ’’ डा.सुन्दासले भन्नुभयो ।

कतिपय कुष्ठरोगी जिल्ला बाहिर गएर उपचार गर्ने गरेकाले पनि जिल्लाको तथ्याङ्मा कुष्ठरोगीका सङ्ख्या कमी देखिएको सो कार्यालयले जनाएको छ । कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइक्रो ब्याक्टेरियम लेप्रे’ नामको सूक्ष्म किटाणुबाट लाग्ने हुँदा छालामा असर गर्दा शरीर नचिलाउने, छुँदा थाहा नहुने, दाग देखिने, छाला बाक्लो हुने, गिर्खा देखापर्ने र समयमा उपचार नगरे मांसपेशी कमजोर बनाइदिने लगायतको समस्या हुने डा.सुन्दास बताउनुहुन्छ ।

यो रोग माइकोब्याक्टेरियम लेप्रे र माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिस जीवाणु ब्याक्टेरियाको संक्रमणले लाग्ने गर्छ । कुष्ठरोग सर्ने र नसर्ने गरी दुई किसिमको हुन्छ । कुष्ठरोगको समयमै उपचार हुन नसके रोगीहरू अपाङग हुने र ज्यान समेत जाने जोखिम हुन्छ । आईतबार ७० औं कुष्ठ रोग दिवसको उपलक्ष्ययमा स्वास्थ्य कार्यालय तनहुँलको पत्रकार सम्मेलन गरी जिल्लाका कुष्ठरोग अवस्थाको बारेमा सञ्चारकर्मीलाई जानकारी प्रदान गरेको थियो । यस वर्ष दिवसको नारा ‘‘कुष्ठ रोग अन्त्यको लागि आजै देखि पहल गरौं’’ भन्ने रहेको छ ।

Show More

Related Articles

Back to top button