दमौली खबर संवाददाता
दमौली, भदौ २५।
नेपाल कम्युनिष्ट पाटी एकिकृत समाजवादी पार्टी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियु) तनहुुँ गठन गरिएको छ । सो पार्टी निकट विद्यार्थीहरुको शनिबार दमौलीमा गरिएको भेलाले सुशन पौडेलको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा राहुल नेपाली सचिवमा समिता बिक, उपसचिवमा आदर्श श्रेष्ठ र कोषाध्यक्षमा सुनिता थापा चयन हुनु भएको छ ।
भेलालाई सम्बोधन गर्दै नेकपा एस तनहुँका अध्यक्ष श्रीराम कार्कीले विद्यार्थीहरुलाई निरंकुशता र प्रतिगमन विरुद्धको एकजुट हुन निर्देशन दिनुभयो । उहाँले देशको विरुद्ध सरकार सञ्चालकले उठाएको कमदमा जागरुक भएर लाग्नुपर्ने बताउदै लोकतान्त्रिक गणतन्त्र र जनजादी समाजवादी शिक्षा प्रणालीका पक्षधर बन्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
भेलामा नेकपा एस तनहुँकी उपाध्यक्ष मनुमाया श्रेष्ठ, सचिव दुर्गाकुमार श्रेष्ठ, उपसचिव गजिन्द पन्थ, सचिवालय सदस्य रनसिंह नेपाली, लगायतले पार्टीको आधारस्तम्भ विद्यार्थीहरु भएको बताउनुभयो । उहाँहरुले पार्टीले अंगिकार गरेको मुद्धामा सहयोग बन्नुपर्नेमा जोड दिनु भएको थियो । किरण नेपालीको अध्यक्षतामा भएको भेला मार्फत अनेरास्ववियुको ईकाईलाई जिल्ला भर विस्तार गर्ने निर्णय भएको नवनिर्वाचित अध्यक्ष पौडेलले जानकारी दिनुभयो । मंसिर ४ गते घोषित संघ तथा प्रदेशको निर्वाचनलाई मद्धत पु¥याउन गठन गरिएको हो ।