धेरै नेपालीको मन,मतिष्कमा बसेको नाम हो कुलमान घिसिङ । उहाँको सतकर्मबाट नेपाल लोडसेडिङ्ग मुक्त बन्यो । उहाँले नेतृत्व लिएपछि नेपाल विद्युत प्राधिकरले उर्जा उत्पादनमा छलाङ मारेको छ भने यस क्षेत्रका भ्रष्ट्राचार र विकृति र विसंतीको अन्य भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ बने देखि जुन स्तर तिब्र प्रगति भयो देशको अन्य क्षेत्रमा पनि यस्तै प्रगति गर्ने भने समृद्ध नेपाल बनाउन सहयोग पुग्ने थियो । एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँ हाइड्रो पावर लिमिटेडलाई समयमा नै काम पुरा गर्न निर्देशन दिएको छ । स्थलगत निरीक्षण गरेर सो निर्देशन दिएपछि काममा कुनै कमी नआउने अपेक्षा गरिएको । मुहान धमिलो नभएकाले तल धमिलो बनाउन कठिन हुन्छ । मुहान जस्तै सफा बनाउन नैतिक दबाब पर्दछ । एडिबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नो कुश्वा, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोलीले सोमबार र मंगलबार आयोजनाका बाँध,भूमिगत विद्युतगृह, मुख्य सुरुङलगायतका संरचनहरुको निर्माण कार्यको अनुगमन गरेको हो । टोलीले आयोजनाको प्याकेज–१ (बाँध तथा हेडवक्र्स), दोस्रो प्याकेज–२ (विद्युतगृह, मुख्य सुरुङ तथा सम्बन्धित उपकरणहरु) र तेस्रो प्याकेज (दमौली–भरतपुर २२० केभी प्रसारण लाइन) निर्माणमा सङ्लग्न आयोजना व्यवस्थापन, निर्माण व्यवसायी, परामर्शदाताहरुसँग छलफल गरी निर्माण प्रगति, निर्माणमा देखिएका समस्यालगायतका विषयमा विस्तृत रुपमा छलफल हुनु खुसीको कुरा हो । निर्माणमा देखिएका समस्या समाधान गर्न आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै टोलीले आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएसँगै जिल्लावासी खुसी भएका छन् ।
Related Articles
दमौली अस्पताललाई चुस्त र दुरुस्त राख्न तथा जनताको भरोसा कायम राख्ने काम गर्न प्रजिअ रिजालद्धारा निर्देशन
October 4, 2023
गोविन्दराज जोशीको पहलमा हस्पिटल बनाउँछु भन्दा बन्न दिईएन जिल्लमा डेङ्गुको प्रकोप फैलिँदा स्तरीय अस्पतालको अभाव हुँदा जिल्लावासी पिडामा
September 26, 2023
घरको पिढीबाट लडेर गोरखामा वृद्धको मृत्यु
November 7, 2023
Check Also
Close
-
म जन्मदै काँग्रेस हूँ, मेरो रगतमा काँग्रेस छ
October 14, 2022

