दमौली खबर संवाददाता
दमौली, चैत १९
हिजो नेपाली कांग्रेसले कारबाही फिर्ता गरेको भन्ने निर्णयको नेपाली कांग्रेसका पूवसहमहामन्त्री गोविन्दराज जोशीको अस्विकार गर्नु भएको छ । कारवाही फुकुवामा नाम पनि उल्लेख नभएको भन्दै नेता जोशीले अस्विकार गर्नुभएको हो । साथै २०७९ भन्दा अगाडि भएका निर्वाचनमा उठेका स्वतन्त्र उम्मेद्वारहरूलाई सहयोग गरेकाहरूले माफी मागेर यसपालि चुनावमा सहयोग गरेको खण्डमा कारबाही फुकुवा गर्ने भन्ने भ्रम छर्ने प्रयत्न गरिएको जोशीको भनाई छ । जोशीले विज्ञप्तीमा हेक्का रहोस् हामी नव सामन्तीहरुको दास होइनौ बीपी कोइरालाको पार्टीलाई यो स्थितिमा पु¥याउने शेर बहादुर देउवा लगायतका झुण्डहरूले नेपाली कांग्रेसका सम्पूर्ण कार्यकर्ता सँग माफी मागे पछि मात्रै अनि मात्रै सच्चा कांग्रेसहरु प्रति न्याय हुने विज्ञप्तीमा जनाईएको छ ‘नेपाली काँग्रेसले हिजो मञ्चन गरेको नाटकमा न त कथा वस्तु राम्रो छ न त त्यसमा अभिनय गर्ने पात्रहरू नै जोशीले भन्नुभएको छ जब राजनीतिमा विचलन आउँछ,तब झुटको खेति गरिन्छ ।’

