हेडलाईनसमाचारAll

उम्मेदवार भट्टराईद्धारा (एकीकृत समजावादी) का अध्यक्ष नेपालसँग र सांसद श्रेष्ठसँग भेट

उम्मेदवार भट्टराईद्धारा (एकीकृत समजावादी) का अध्यक्ष नेपालसँग र सांसद श्रेष्ठसँग भेट

दमौली, चैत २३ गते

वैशाख १० गते हुने तनहुँ –१ को प्रतिनिधी सभा सदस्यका बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईले नेकपा (एकीकृत समजावादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेट गर्नु भएको छ ।

भट्टराईको टोलीले एकीकृत समाजवादीको कार्यालयमा पुगेर उपनिर्वाचनमा आफूलाई सहयोगको आग्रह गर्न अध्यक्ष नेपालसँग भेट गर्नु भएको हो । सो अवसरमा नेपालले गठबन्धनका उम्मेदवारलाई भोट हाल्न पार्टीले निर्देशन दिईसकेकोले बताउनुभयो । समाजवादीको भोट तपाईले नै पाउनुहुन्छ भन्दै अध्यक्ष नेपालले भट्टराई जीतको शुभकामना व्यक्त गर्नु भएको भेटमा सहभागी सैलेश खातीले जानकारी दिनुभयो ।

यसैगरी एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा बारा क्षेत्र नम्बर ४ का सांसद किसान श्रेष्ठलाई भेट गरेका छन् । भट्टराईले बुधबार दिउँसो पुर्वमन्त्री समेत रहेका श्रेष्ठलाई पनि उहाँकै निवास महाराजगञ्जमा पुगी भेट गर्नुभएको हो । उक्त भेटमा भट्टराईलाई सहयोग गर्ने सांसद श्रेष्ठले प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । सो अवसरमा विरामी अवस्थामा रहनु भएका सांसद श्रेष्ठको भट्टराईले स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।

Show More

Related Articles

Back to top button