Uncategorizedपत्रपत्रिकाबाट

कोरोना संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था बारे सांसद खानको चासो

दमौली खबर संवाददाता
जेठ २८ दमौली
प्रतिनिधि सभा सदस्य एबंम नेकपा तनहुँका नेतृ कलिला खानले तनहुँका कोरोना संक्रमित व्यक्तिहरुको स्वास्थ्य अवस्था बारेमा चासो लिएकी छिन् । सांसद खानले आज तनहुँको जि.पि कोइराला अस्पतालमा रहेको संक्रमिततलाई फोन सम्र्पक गरेर स्वास्थ्य अवस्थ बारेमा जानकारी लिएकी छिन् । भारतबाट नेपाल फर्किएकाहरुलाई क्वारेन्टाइनमा राखेर पि.सि.आर परिक्षण गर्दा तिन जनामा कोरोना पुष्टि भएको थियो । सांसद खानले पहिलो कोरोना पुष्टि भएको व्यक्तिलाई टेलिफोन गरेर उनको र बाकी दुई जनाको अवस्था बारेमा बुझेकी छिन् र उनको अनुसार उनीहरुको अबस्था अहिले सामान्य रहेको र डराउनु पर्ने अबस्था नरहेको दमौली खबरसंग बताईन । संक्रमित व्यक्तिहरुलाई आत्मा बल बढाउनका लागि सम्पर्क  गरेको र आफुले सबैको सिध्र लाभको कामना गरेको उनले बताईन् । हाल कोरोना संक्रमित व्यक्तिहरु सबै जि.पि कोइरला अपचार केन्द्रमा छन् र उनीहरुको स्पेसल केयर युनिटले रेखदेख गरिरहेका छन् ।

Show More

Related Articles

Check Also
Close
Back to top button