समाचार

क्षेत्री समाजको केन्द्रीय अधिवेशन आज देखि दमौलीमा हुुने

दमौली खबर संवाददाता

दमौली, चैत्र २४

क्षेत्री समाज नेपालको चौथो केन्द्रीय महाधिवेशन आज देखि दमौलीमा हुने भएको छ । अधिवेशनको तयारी पुरा भएको र देशभरीबाट करीव ३५० जना प्रतिनिधी महाधिवेशनमा सहभागी रहने जिल्ला तयारी समितिका संयोजक तथा क्षेत्री समाज तनहुँका उपाध्यक्ष प्रेमबहादुर राउतले जानकारी दिनुभयो ।

महाधिवेशनमा ६० जिल्लाका प्रतिनिधी सहभागी रहने र विभिन्न सांस्कृतिक झाँकी, र्याली सहितको पर्दशनी पनि गरिने समाजले जनाएको छ । महाधिवेशनको समुद्घाटन आज दमौलीको खुला चौरमा गरिने र त्यसपछिको बन्द सत्र क्षेत्री समाज तनहुँको भवन व्यास नगरपलिका–१ गल्वुवेशी, करमकाठ नजिक रहेको भवनमा हुने छ ।

क्षेत्री समाजका केन्द्रीय अध्यक्ष प्रा.डा. दिलबहादुर क्षेत्रीको प्रमुख संयोजकत्वमा अधिवेशन तयारी समिति गठन गरिएको छ । अधिवेशनका क्रममा तनहुँका धार्मिक एवम् पर्यटकीय स्थलहरुको प्रचारप्रसार र प्रवद्धन गरिने र प्रतिनिधी एवम् सहभागीहरुलाई अध्ययन अवलोकनको लागि लगिने क्षेत्री समाज तनहुँका अध्यक्ष शम्भुबहादुर अधिकारीले जानकारी दिनुभयो ।

अधिवेशनका क्रममा दमौली बजार र आसपास क्षेत्रका होटल व्यवसायमा र अन्य आर्थिक गतिविधीमा पनि वृद्धि हुने विश्वास गरिएको छ । केन्द्रीय अधिवेशनमा सहभागी हुन समाजले क्षेत्री समुदाय तथा शुभचिन्तकलाई आग्रह गरेको छ । अधिवेशनमा क्षेत्री समुदायमा लोकप्रिय रहेको मयुर नाचको प्रर्दशन गरिने आयोजकले जनाएको छ ।

Show More

Related Articles

Back to top button