हेडलाईनसमाचारAll

तनहुँमा नेकपा एमालेको मिसन ग्रासरुट अभियान सुरु

दमौली खबर संवाददाता

तनहुँ, फागुन १९

पार्टी सुदृढीकरण तथा विस्तारका लागि नेकपा एमालेले देशैभर सुरु गरेको मिसन ग्रासरुट अभियान तनहुँमा पनि सुरु भएको छ । नेकपा एमाले जिल्ला कमिटी तनहुँले बिहीबार पत्रकार सम्मेलन गरी दुई महिना सम्म अभियान सञ्चालन गरिने जनाएको छ । वैशाख ४ गते सम्म अभियान सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

अभियानका क्रममा पार्टी सदस्यता नवीकरण, कमिटीहरूको व्यवस्थापन, प्रशिक्षण, भेला, बैठक र अन्तक्रिया गर्ने एमालेले जनाएको छ । यससँगै पार्टीभित्रको अन्तर विरोध बुझ्ने, स्थानीय तहको समस्या बुझ्ने र समाधान गरिने भएको छ । गाउँपालिकाको वडादेखि बस्तीस्तरमा सोही अभियान सुरु गरिने जिल्ला सचिव राजेश्वर ढकालले बताउनुभयो । उनका अनुसार मिसन ग्रासरुट अभियानको मुख्य उद्देश्य संगठन विस्तार तथा पार्टी सुदृढीकरण रहेको छ ।

केन्द्र, प्रदेश तथा जिल्लास्तरका पार्टीका नेताहरुले वडा देखि पालिकास्तर सम्मका कार्यक्रताहरुलाई प्रशिक्षण समेत दिइनेछ । स्थानीय तह, सङ्घ र प्रदेश निर्वाचनमा हार व्यर्होनुको कारण र त्यसको कमीकमजोरीबारे पनि अभियानमा कार्यकर्तामाझ व्यापक छलफल गरी सुदृढीकरणमा जागरुक गराइने उपाध्यक्ष हरिराज कँडेलले बताउनुभयो । हरेक जिल्ला र स्थानीय तहमा पनि नेता खटाएको छ । उनीहरूले हरेक स्थानीय तहका वडामा कार्यक्रम गर्ने भएका छन् । अभियानको क्रममा पालिका स्तरको सो अभिमुखिकरण गरी वडास्तर सञ्चालन गरिने प्रचार विभाग प्रमुख प्रदीप अधिकारीले जानकारी दिनुभयो ।

एमालेले यस अघिनै केन्द्रबाट देशैभरका प्रत्येक पालिकामा पुग्ने गरी केन्द्रिय सदस्य, पोलिटव्यूरो सदस्य लगायतका नेताहरुलाई जिम्मेवारी बाँडफाड गरिसकेको छ । अभियानमा पालिका पालिकामा खटिने केन्द्रीय सदस्यहरुले सदस्यता नवीकरण, प्रशिक्षण, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुधार, पार्टीबारे राय सुझाव लिने जस्ता काम गर्नुपर्ने एमालेले जनाएको छ ।

Show More

Related Articles

Back to top button