अस्पतालमा आकस्मित विरामी भएको बेला मात्रै नभई जुनसुकै बेला पनि उपचार पाउने व्यवस्था गरिनु उपयुक्त हो । सार्वजानिका विदा तथा कार्यालय समय अघि र पछि पनि सेवा पाइने अवस्था आयो भने सर्वसाधरणले महंगो शुल्क तिरेर निजी क्लििनमा जानु पर्दैन । यस क्रममा तनहुँको सदरमुकाम दमौली स्थित दमौली अस्पतालले सबै प्रकारका सेवा २४ सै घण्टा सूचारु गरेर राम्रो काम गरेको छ । ढिलै भएपनि माघ १ गतेबाट सेवा सुरु गरेर राम्रो कार्यको प्रयाश भएको छ । सेवाग्राहीलाई रातीको समयमा उपचार गर्न आउँदा महंगो शुल्क तिरेर अस्पताल बाहिरको निजी ल्याब जानु पर्ने बाध्यता अन्त्य गर्नको लागि सेवा सुरु गरिएको बताईएको छ । समितिले आवश्यक कर्मचारीको व्यवस्थापन गरी सबै सेवालाई २४ सै घण्टा बिस्तार गरेको बताएको छ । यस अघि इमरजेन्सी २४ सै घण्टा चले पनि अन्य सेवाहरु विहान ७ बजे देखि साँभm ७ बजे सम्म मात्रै सञ्चालन गर्ने गरिएको अवस्थामा सेवा थप गर्नु राम्रो हो । फार्मेसी इमेजन्सी बाहेक अन्य सेवा २४ सै घण्टा नहुँदा राती आउने विरामीले ल्याब र एक्सरे सेवा लिन बाहिर जानु पर्ने बाध्यता यसले अन्त्य गरिदिएको छ । त्यसको अस्पतालले हाल विशेषज्ञ सेवालाई विस्तार गरेको छ । हरेक दिन छालाको रोग विशेषज्ञ, बालरोग विशेषज्ञ, जनरल फिजिसियन, मेडिकल अधिकृत, हाडजोर्नी विशेषज्ञबाट सेवा प्रदान हुँदै आएको समितिले जनाएको छ । १५ शैयाको क्षमताको अस्पताललाई हाल ५० शैया सञ्चालन गरिएको छ । अस्पतालको स्तर उन्नतीको लागि दमौली अस्पतालको उत्तर तर्फ सिमाना जोडिएको कृषि ज्ञान केन्द्रको स्वामित्वमा रहेको हालको जग्गा मध्ये २ रोपनी आना र भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्वामित्वमा रहेको १.५ रोपनी गरी ३ रोपनी ८ आना जमिन भोगचलनको लागि प्राप्त भएको छ यि उपलब्धी हुनु खुसीको कुराको हो । यस कार्यको लागि अस्पतलका टिम धन्यवादको पात्र बनेका छन् । यो कार्यले निरन्तरता पाउनु पर्दछ ।
Related Articles
बन्ने भो म्याग्देमा चिस्यान केन्द्र
January 19, 2023
व्यास नगरपालिकाको ३८ औँ नगर सभा सुरु शंकरराज नहर्की
January 13, 2023
चोरको बिगबिगी बढेपछि स्थानीय वासिन्दा चिन्तित
November 9, 2022
Check Also
Close
-
व्यक्तिगत घटना दर्ता समयमै गरौं
April 19, 2023
