मौलिक जरोकिलो पार्टी, गण्डकी प्रदेशको दोस्रो अधिवेशनले हरि नेपाललाई दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित गरेको छ । तनहुँ जिल्लाको आबुखैरेनीमा आज सम्पन्न दोस्रो अधिवेशनले नेपालको अध्यक्षतामा सात सदस्यीय कार्य समिति निर्वाचित गरेको छ । पार्टी प्रवक्ता प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यता र केन्द्रीय समिति सदस्यहरु दिल बहादुर क्षेत्री, मदन पौडेल र कमल न्यौपानेको समुपस्थितिमा दोस्रो अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले हरि नेपालको अध्यक्षमा नयाँ कार्य समिति चयन गरेको छ । नव गठित कार्य समिति उपाध्यक्ष टोल राज वाग्ले, महासचिव भरत गिरी, सचिवमापद्मा राना, कोषाध्यक्षमा जगन्नाथ वाग्ले चयन हुनु भएको छ । सदस्यहरुमा वसन्त देवकोटा, चिजकुमार श्रेष्ठ चयन हुनु भएको छ ।
Related Articles
पराशरको ३१औं वार्षिकोत्सव सम्पन्न
January 29, 2023
३८ करोड ७ लाख विद्युत महशुस सङ्कलन
April 22, 2024
(no title)
April 6, 2023
चोरी गरेको मोटरसाइकल सहित युवक पक्राउ
March 13, 2023
Check Also
Close
-
नेता जोशीद्वारा बि पि बिचार समाज तनहुँको भवन उद्घाटन
March 14, 2021
