समाचार

अरिङ्गाले चिलेर युवकको मृत्यु

तनहुँ, साउन २८ गते ।
तनहुँमा अरिङ्गाले चिलेर घाईते भएको एक युवकको शनिबार  मृत्यु भएको छ । साउन २६ गते साँझ ८ बजे म्याग्दे गाउँपालिका वडा नं. ५ छाङपाटन स्थित सेती नदीको किनारमा सिसौको रुखमा रहेको अरिङगालको गोला पोल्ने क्रममा घाईते भएका स्थानीय युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
 बर्ष ३१ को टोपबहादुर कुमाललाई अरिङगालले चिलेर घाइते बनाएकोमा शनिबार उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताउनु भयो, तत्काल उपचारको लागि शुभलक्ष्मी पोलिक्लिनिक भिमाद हुदै थप उपचारको लागी गण्डकी अस्पताल पोखरा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
Show More

Related Articles

Back to top button