शिक्षा

गुरुपूर्णिमा निबन्ध प्रतियोगिता

तनहुँ । व्यास जयन्ती तथा गुरुपूर्णिमा तथा ध्यानाचार्य सद्गुरु खेमराज अधिकारी (प्रकाश)को शुभजन्मोत्सवको अवसर विद्यालय स्तरीय ‘वेदव्यासको परिचय र त्यसमा मेरो भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा गरिएको छ ।

वेदव्यास वैद्धिक सनातन धर्म शास्त्र अनुसन्धान प्रतिष्ठानको आयोजनामा गरिएको सो प्रतियोगितामा व्यास नगरपालिका–१ भादगाउँ स्थित निर्मल माध्यामिक विद्यालयका छात्र आर्यन न्यौपाने सर्वोत्कृष्ट हुनु भएको छ ।

१९ जना सहभागी मध्येबाट न्यौपाने सर्वोकृष्ट हुनु भएको हो । सर्वोत्कृष्ट न्यौपानेलाई नगद ५ हजार प्रमाणपत्र वेदव्यास वैद्धिक सनातन धर्म शास्त्र अनुसन्धान प्रतिष्ठानका अध्यक्ष खेमराज अधिकारीले बुधबार प्रदान गर्नुभयो । सो अवसरमा अधिकारीले जन्मने वित्तिकै मानिस हिड्न नसक्ने र हिड्नको लागि गुरु चाहिने उल्लेख गर्दै जीवनमा गुरुको ठुलो महत्व हुने बताउनुभयो ।

साथै उहाँले ज्ञान प्राप्त सबै भन्दा ठुलो कुरा भएको र ज्ञान दिने व्यक्तिलाई उचित सम्मान गर्न सकियो भने ज्ञान सहज रुपमा लिन सकिने बताउनुभयो । कार्यक्रममा शिक्षक महेन्द्र न्यौपाने, प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्की, वेदव्यास वैद्धिक सनातन धर्म शास्त्र अनुसन्धान प्रतिष्ठानका दिर्घबहादुर दरै लगायतले यस्ता प्रतियोगिताले विद्यार्थीलाई व्यास बारेमा जानकारी लिन जिज्ञासा बढाउने विश्वास व्यक्त गर्नुभयो ।

Show More

Related Articles

Back to top button