Uncategorizedजीवनशैली

स्वास्थ्य मन्त्री ढकाललाई सांसद श्रेष्ठको फोन

दमौली । तनहुँको भानु नगरपालिकामा कोरोना संक्रमण भेटिए संगै सांसद किसान श्रेष्ठले जिल्लाबासीलाई संयमित बन्दै , सतर्कतापुर्वक बस्न आग्रह गरेका छन् । सांसद श्रेष्ठ जिल्लामा एकै पटक ठुलो मात्रमा सामुदयमा कोरोना संक्रमण भेटिए संगै स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरेर जिल्लमा स्वस्थ्य सामाग्री उपल्बध गराउन ध्यानाकर्षण गराएका छन् । उनले दमौली खबरसंग भने “मैले स्वास्थ्य मन्त्रीलाई सम्पर्क गरेर जिल्लाको अवस्था बारे ध्यानाकार्षण गराएको छु । जिल्लामा स्वास्थ्य सामाग्री छिटै पठाउन केन्द्रिय सरकार र प्रदेश सरकारलाई आग्रह गरेको छु ” उनले भने “ तनहुँका प्रमुख जिल्ला अधिकारीलाई पनि संक्रमण भेटिएको ठांउमा शिल गर्न आग्रह गरेको छु ” सामाजिक संजाल फेस्बुकमा लेख्दै सुरक्षित रहन अनुरोध गरेको छन् ।
उनले फेस्बुकमा लेखेका छन् “ भानु नगरपालिका वडा नम्बर १ तनहुँका २० जनामा एकैपटक कोरोना संक्रमणको पुष्टि भएको छ । सबै जना संयमित बनौं , सतर्कतापुर्वक बसौं । आत्मबल उच्च राख्दै , खानपिनमा ध्यान दिएर कोभिड १९ ( कोरोना )लाई परास्त गर्ने शक्ति मिलोस संक्रमित सबैप्रति शिघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दछु !

Show More

Related Articles

Back to top button