हेडलाईनसमाचार

श्रेष्ठद्धारा काँग्रेसको कुनै पनि कार्यक्रममा भाग नलिने घोषणा

दमौली खबर संवाददाता
दमौली, भदौ ११ । नेपाली काँग्रेस केही जिल्ला स्तरका नेताहरुले नेपाली काँग्रेसको कुनै पनि कार्यक्रममा भाग लिएका छैनन् । सरकारले चुनाव घोषणा गरिसकेको अवस्थामा भाग नलिएपछि तनहुँमा काँग्रेसलाई घोषित संघ तथा प्रदेशको चुनाव जित्नको लागि कठिन हुने देखिएको छ । नेपाली काँग्रेस जोशी समुहमा रहेका नेता तथा कार्यकर्ताहरु असहोग हुने अवस्थाको सृजना भईरहेको छ । कतिपय नेताहरु प्रेस विज्ञप्ती नै जारी गरी सहभागी नहुने घोषणा गर्नु भएको छ ।
          नेपाली काँग्रेसको शुभेच्छुक  ट्रेड युनियन काँग्रेसका उपाध्यक्ष विष्णप्रसाद श्रेष्ठ विज्ञप्ती मार्फत भाग नलिने स्पष्ट पार्नु भएको छ । निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) केन्द्रीय सदस्य समेत रहनु भएका श्रेष्ठले जारी गरेको विज्ञप्तीमा आइतबार दमौलीमा हुने नेपाली काँग्रेसको शुभेच्छुक सस्था निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) को वीपी स्मृति भवन दमौलीमा हुने अधिवेशनमा म भाग लिने जनाउनु भएको छ । विज्ञप्तीमा पार्टीलाई मजबुद बनाउनको लागि एकताको मालामा उन्नु पर्नेमा पार्टीमा त्याग, बलिदानी गर्ने प्रतिको अबमूल्यन गरिनु  तथा तनहुँ काँग्रेसको सस्थापक सचिव भई पार्टी र तनहुँको विकास जग बसाल्ने नेता  गोविन्दराज जोशीलाई वार्ताको माध्यमबाट व्यवस्थापन गर्नमा ध्यान नदिई एकलौटी ढङ्गले अघि बढिरहेको कदम प्रति विरोध गर्दै भाग नलिने स्पष्ट पार्न चाहन्छु भनि भनिएको छ ।
            यस्तै नेता जोशी र उहाँको टिम सहितलाई मिलाएर काँग्रेस बलियो बनाउनु पर्नेमा सिमित व्यक्तिको स्वार्थ सिद्धीको लागि जिल्लामा काँग्रेसलाई कमजोर बनाउने गरिएको खेलको भत्र्सना गर्दछु भनि भनिएको छ । जोशीसरलाई नमिलाउँदा सम्म केन्द्र प्रदेश  तथा जिल्लाको पार्टी तथा शुभेच्छु सस्थाको कुनै पनि कार्यक्रममा सहभागी नहुने स्पष्ट पार्दछु भनिएको छ । यसैगरी  तनहुँ काँग्रेसमा भएको अन्याय प्रति विरोध जनाउँदै त्यस कार्यक्रममा पार्टी प्रति निष्ठावान, इमान्दार श्रमजीवि मजदुरहरु लगायत गत स्थानीय चुनावमा नेपाली काँग्रेस जोशी समुहको नामबाट निर्वाचनमा सहभागी समग्र साथीहरुलाई सहभागी नहुन आग्रह गर्दछु भनि उल्लेख गरिएको छ ।  ‘मंसिर ४ मा संघ तथा प्रदेशको निर्वाचनको मिति घोषणा गरिसकेको अवस्थामा पनि तनहुँ काँग्रेसको समस्या समाधानको लागि  पार्टीको केन्द्रीय कार्य समितिले पनि चासो नदिएकोले काँग्रेस तनहुँ दिन प्रतिदिन कमजोर बन्दै गएकोले तत्काल  वार्ताको माध्यमबाट समाधान गर्न अनुरोध गर्दछु’ भनि विज्ञप्तीमा उल्लेख छ ।
Show More

Related Articles

Back to top button