समाचारAllसूचना प्रविधि

विपी विचार समाजले जोशी समुहको चुनावी अभियानलाई सघाउने १०९ औं विपी जयन्ती धुमधामसँग मनाईने

दमौली खबर संवाददाता
दमौली, भदौ २० । आगामी मंसिर ४ हुने निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेको राजनीतिज्ञ गोविन्दराज जोशी समहुको चुनावी अभियानमा विपी विचार समाजले मद्धत गर्ने भएको छ ।
 समाजका केन्द्रीय सहसभापति गोविन्दराज जोशीको विशेष उपस्थितीमा सोमबार दमौलीमा भएको समाजको भेलाले मद्धत गर्ने निर्णय गरेको विपी विचार समाज तनहुँले जनाएको छ ।  नेपाली काँग्रेस स्वतन्त्र जोशी समुहलाई आगामी प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनलाई सघाउने भएको प्रचार प्रसा अभियानमा सक्रियता पूर्वक लाग्ने निर्णय भएको विपी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य शुकुमलाल गुरुङले जानकारी दिनुभयो ।
 पालिका स्तरमा गठन भएका समाजले स्वतन्त्र अभियानलाई गाउँ गाउँ सम्म पु¥याउने प्रतिबद्धता भेलामा सहभागीले गर्नु भएको थियो । यसैगरी महामानव विपी कोईरालाको १०९ औं जन्मजयन्ती समाजले धुमधामसँग मनाउने भएको छ । समाजले विपीको विचार, आर्दश र सिद्धान्त सम्बन्धि कार्यक्रम भिमाद र बन्दीपुर बजारमा गर्ने भएको विपी विचार समाज तनहुँका अध्यक्ष हरिशरण पण्डितले जानकारी दिनुभयो ।  यसैगरी रेडियो संवाद, वृक्षरोपण जस्ता कार्यक्रम गरिने समाजले जनाएको छ । यसैगरी समाजको भेलाले निर्वाचन क्षेत्र र पालिका स्तरमा गठित कार्य समितिलाई पूर्णता दिने निर्णय समेत गरेको छ ।
Show More

Related Articles

Back to top button