Uncategorized

वडा कार्यलयको भवन शिलन्यास

दमौली खबर सम्बाददाता
फागुन २६, ऋषिङ्ग गाउँपालिका वडा नं ६ को वडा कार्यालयको भवन शिलन्यास गरिएको छ । ११० औं अन्तरराष्ट्रीय नारी दिवस पारी उक्त भवन एक कार्यक्रमबो बीच शिलन्यास गरिएको हो ।
भवनको शिलन्यास नेपाली कांग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य तथा संबिधानसभा सदस्य ध्रुब वाग्लेले गरे । कार्यक्रममा बोलदै उनले वडा कार्यालयको भवन निर्माण भएपछि सेवा प्रवाह झनै प्रभावकारी हुने बताए । त्यस्तै गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले सेवाग्राहीको चहाना अनुसार गाँउपालिकाले काम गरिरहेको भन्दै आगामी दिनमा पनि सेवाग्राहीकै चहाना र लक्ष्य अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले वडा कार्यालयका भवन निर्माण भएपछि सेवा प्रवाह झनै प्रभावकारी हुने भन्दै यसका लागि निर्धा्रित समयभित्रै वडा कार्यालय भनव निर्माण गर्न पनि निर्माण व्यवसायिलाई आग्रह गरे ।
वडा नं ६ का वडाध्यक्ष भक्त बहादुर आलेले सेवाग्राहीका भावनालाई उच्च प्राथमिकतामा राखी वडाको आफ्नै कार्यालय भवन निर्माण गर्न लागिएको बताए । वडाअध्यक्ष आलेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समिती सदस्य निल बहादुर थापा नेपाली कांग्रेस जिल्ला सदस्य मोहन गिरि,क्षेत्रीय सचिब ईन्द्र बहादुर आले , लगायतको उपस्थिती रहेको थियो ।

Show More

Related Articles

Back to top button