सम्पादकीयAll

रोट¥याक्टका युवाहरुको सकरात्मक कार्य

आजभोली युवाहरु सामाजिक कार्य त्यति ध्यान दिएको पाईदैन । समाजमा नैतिक शिक्षाको कमी हुँदा हत्याहिंसा तथा बलत्कारका घटनाहरु धेरै हुने गरेका छन् । लागू औषध सेवन गर्ने, सूर्ति, चुरोड, जाँडरक्सी खाने जस्ताले समाजमा असर परिरहेको छ । तर केही क्लबले भने सामाजिक कार्यमा एक जुट हुँदै युवाहरुलाई उज्ज्यालो बाटोमा डो¥याएको पाईन्छ । युवालाई राम्रो मार्गमा लैजाने क्लबहरु मध्ये रोट¥याक्ट क्लब एक हो । रोट¥याक्ट क्लब अफ दमौलीमा आबद्ध युवाहरुले प्रर्यटन प्रवद्धन गर्न व्यास गुफामा ढुङ्गेधारा निर्माण गरेर सकरात्मक कार्य गरेका छन् । नेपालमा हिजोआज मासिदै जान थालेको सार्वजनिक धारा र कुवा संरक्षण गर्न तथा पर्यटक लोभ्याउन दमौलीका युवाहरु ढुङ्गेधारा निर्माणमा लाग्नु खुसीको कुरा हो । रोट¥याक्ट क्लब अफ दमौलीमा आबद्ध युवाहरुले सार्वजानिक कलात्मक ढुङ्गेधारा निर्माण गरेर कुवा बनाएर समाजसेवा गर्छु भन्ने घाँसीको प्रेरणाले भानुभक्त आचार्य आदिकवि बनेको ठाउँमा धारा निर्माण गरिनु प्रशंसनीय कार्य हो ।

पुरातात्विक तथा धार्मिक महत्व रहेको दमौली स्थित व्यास गुफा अगाडी तथा पवित्र मादी र सेतीनदीको सङ्गस्थल जानेबाटोमा क्बलले धारा निर्माण गरेको छ । नयाँ नबनाउने र पुरानाको संरक्षण नहुँदा तनहुँमा सार्वजनिक ठाउँमा कुवा र धाराहरू विरलै देखिएको बेला क्लबले धारा निर्माण गरेपछि सबैले प्रशंसा गरेका छन् । धार्मिक तथा मानिसको चहलपहल हुने स्थानमा सार्वजनिक धाराहरू अलपत्र अवस्थामा रहेका छन् । विशेष गरी सहरी क्षेत्रमा प्यास लाग्यो भने पानी किनेर खानुको विकल्प छैन । सार्वजनिक धारा छैन बोतललाई २५ रुपियाँ तिरेर खानुपर्ने बाध्यता छ । यस्तो बाध्यता भएको बेला क्लबले सार्वजानिक आर्कषण धारा बनाई अनुकरणीय कार्य गरेको छ । भविश्यमा पनि यस क्लबले यस्तै सन्देश मूलक काम गर्नुपर्दछ ।

Show More

Related Articles

Back to top button