हेडलाईनसमाचारAll

रिस्तीको समिको फेदमा स्वतन्त्र उम्मेदवार गोविन्द जोशी समुहले चुनावी सभा गर्ने

दमौली खबर संवाददाता
दमौली । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्यका पदका स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले व्यास नगरपालिका–८ रिस्तीको समीको फेदमा कात्तिक ३० गते चुनावी सभा गर्ने भएको छ ।  निर्वाचननको मिति नजिकिएसँगै जोशी समुहले सोही दिन दश स्थानमा कोण सभा गर्ने भएको छ ।
     सोही दिन विहान ८ बजे डुम्रे बजार, विहान ९ बजे तुरतुरे, बिहान १० बजे बाइसजागर, विहान १०ः३० बजे कालीमाटी, विहान ११ बजे कालिमाटी, बिहान ११ः३० बजे मानेचौका, दिउँसो १ बजे समिको फेद, २ः३० बजे बर्लाची, ३ बजे मगर जौबारी, ४ बजे पात्तल र ५ बजे कलेस्तीमा कार्यक्रम हुने जोशीको प्रचार प्रसार सचिवालय सचिव कमलभक्त पोख्रेलले जानकारी दिनुभयो ।
यसैबीच उम्मेदवार जोशी तनहुँको छाब्दीबाराही र यस आसपासका मतदातासँग सोमबार  भेटघाट गर्नु भएको छ । भेटघाट पछि आयोजित कोण सभामा नेपाली काँग्रेसको वर्तमान नेतृत्व सिद्धान्तबाट स्खलित भएको, विकासका गतिविधी अगाडी बढाउन नसकेको, महंगी बढाएको आरोप जोशीले लगाउनुभयो । संसदीय लोकतन्त्र  र कानुनी राज्यलाई नै अस्तव्यस्त पारेकोले आफू एक पटक सांसद भई विकृति र विसंगतिका विरुद्ध संसदमा आवाज उठाउन चाहेकोले मत दिएर विजयी बनाउन उम्मेदवार जोशीले आग्रह गर्नुभयो चाहेको उम्मेदवार जोशीले बताउनुभयो  । साथै उहाँले राजनीतिक आस्थाको आधारमा विकासमा भेदभाव नगर्ने र जुनसुकै आस्थाका मतदाताको पनि दुःखमा साथ दिने बताउनुभयो । मैले हिजो सरकार हुँदा भेदभाव गरिन भोली पनि गर्ने छैन तनहुँको समृद्धि र युवाहरुलाई रोजगारी मेरो सपना हो’ नेता जोशीले भन्नुभयो ।
Show More

Related Articles

Back to top button