शुभकामना

राधा मावि जामुनेको ३९ औँ बार्षिकोत्सव सम्पन्न,

बिद्यालयले सन्तोषजनक होइन उत्कृष्ट नतिजा निकाल्न पर्छः आशा

माघ १२

दमौली खबर संवाददाता

म्याग्दे गाँउपालिका वडा नं २ जामुनेमा रहेको राधा मावि जामुनेको ३९ औँ बार्षिकोत्सव तथा अभिभावक दिवससम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सांसद एवं पुर्व मन्त्री आशा कोइरालाले गरिन । कार्यक्रममा बोल्दै उनले राधामाविको इतिहास गौरबमय रहेको बताइन् । उनले भनिन्,“ बिद्यालयमा मेरो ब्यक्तिगत र पारिवारिक सम्बन्ध समेत रहेकोले भावनात्मक सम्बन्ध गहिरो रहेको छ् ।” बिद्यालयलाई शैक्षिक , भौतिक र अन्य सबै क्षेत्रबाट सहयोग गर्न आफु र प्रदेश सरकार तयार रहेको उनले बताईन । त्यस्तै नवनिर्वाचित राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले निशुल्क शिक्षाको लागि राज्यले ब्यबस्था मिलाउनुपर्नेमा जोड दिइन । म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गाउँपालिका भित्रका ५६८ जना बिद्यार्थीहरू लाई दिवा खाजाको ब्यबस्था गरिएको बताए । उनले उक्त खाजाको लागि गाउँपालिकाले २५ लाख खर्च गर्ने गरेको जानकारी दिए । म्याग्देबासि हरू एकजुट भइ गाउँपालिकालाइ शैक्षिक गुणस्तर बृद्दि गर्न लाग्नुपर्ने घिमिरेको भनाइ थियो । राम्रो अध्यापन गराउने र रिजल्ट उत्कृष्ट निकाल्ने शिक्षकहरूलाई प्रोत्साहन स्वरूप पुरस्कृत गर्ने सोच गाउँपालिकाले राखेको उनले बताए । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हरि रानाभाट , रामबहादुर अधिकारी , बिश्वबहादुर अधिकारी , खुमराज तिवारी ,सुर्यबहादुर रानाभाट क्षेत्री , पुर्णचन्द्र घिमिरे , दिलबहादुर नेपाली , छबिलाल श्रेष्ठ , रत्ना घिमिरे ,रमेश अधिकारी , सुवोध भट्टराई ईन्द्रबहादुर अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Show More

Related Articles

Back to top button