सम्पादकीयAll

भुकम्पबाट पाठ सिकौं

नेपाल भुकम्पीय उच्च जाखिम मुलुक हो । बारम्बार भुकम्प गए पनि नेपालीको भुल्ने बानीले गर्दा नोक्सान धेरै हुने गर्दछ । यस क्रममा बाजुरामा केन्द्रबिन्दु भएर मङ्गलबार दिउँसो गएको भूकम्पमा परि एक जना महिलाको मृत्यु समेत भयो भने केही घरहरु भत्किए । गाउँ नजिकैको वनमा घाँस काटी रहेको बेला भूकम्पले जमिनै थर्किएपछि माथिबाट ढुङ्गा खसेर गौमुल गाउँपालिका– २ अन्दाजी ३५ वर्षकी जमुनामा रोकायाको मृत्यु भयो । बाजुरको बडिमालिका नगरपालिका वडा नं. ७ हरिचन्द्र उपाध्याय धनबहादुर विक ९ को हर्क गुरु र विरजिते चँदारा गरी चार जनाको घर पूर्ण रूपमा भत्किए । बाजुराका अधिकांश ठाउँमा भौतिक संरचनामा ठूलो क्षति भएको भन्ने कुरा आए पनि यकिन तथ्याङ्क आइसकेको छैन । भुकम्प घण्टी बजाएर, बाजा बजाएर आउँदैन । पूर्व सूचना नदिने हुँदा यो बाट मूख्य उपाय भनेको भुकम्प प्रतिरोधी घर, विद्यालय तथा सार्वजानिक भवन बनाउनु हो । २०७२ सालको भुकम्पले १० हजार मानिसले ज्यान गुमाए । फेरी पनि वारपाक केन्द्र विन्दु भएर आएको भुकम्प जस्तै आयोभयो झन् धेरै जनधनको क्षति हुन्छ यदि हामीले भौतिक संरचना भुकम्प प्रतिरोधी बनाएनौं । स्थानीय सरकारले पनि भुकम्प प्रति घर बनाउन नागरिकलाई सचेत बनाउने र अटेर गर्नेलाई कारबाही गर्ने हो पनि क्षति न्यूनिकरणमा मद्धत पुग्दछ । भुकम्पलाई हामी सबै मिलेर पाता कस्नु पर्छ । पाता कस्ने उपाए भनेकै भुकम्प थेग्न सक्ने बलियो संरचना बनाउनु हो । यदी हामीले हेलचेक्राई गरौं भने २०७२ साल र १९९० सालको जस्तो डरलाग्दो महाभुकम्प जस्तै नोक्सानी सहनु पर्दछ ।

Show More

Related Articles

Back to top button