हेडलाईनसमाचार

बन्द सधैलाई बन्द गरौं

नेपालमा धेरैले व्यङग्य गरेर भन्ने गर्छन् नेपालमा सफल हुने भनेको बन्द हो । जे माग राखेर जसले बन्द गरे पनि बन्द प्रभाव पूर्ण रुपमा पर्ने गरेकाले पनि यस्तो व्यङ्ग्य गरिएको होला । बलात्कार, विस्फोटक पदार्थ, हत्या लगायतका मुद्दा भने मन्त्रिपरिषद्ले पनि फिर्ता नलिएको जस्ता विविध माग राखेर आज पनि  विप्लव समूह सहित अन्य पाँच राजनीतिक दलको सयुत्त आयोजनामा बन्द आव्हान गरिएको छ ।  सरकारबीचको सहमतिलाई जस्ताको तस्तै कार्यान्वयन गर्ने पाटोमा गृह मन्त्रालय, कानुन मन्त्रालय र महान्यायधीवक्ताको कार्यालयले जिम्मेवार ढंगले काम अघि बढीरहेको बताईए पनि बन्द आव्हान गरिएको छ ।
राजनीतिक मुद्दाबाहेक अन्य व्यक्तिगत आपराधिक मुद्दा भने सरकारले फिर्ता लिन नसक्ने देखिन्छ । नेपालमा नेपाल बन्दको प्रयोग पहिलो पटक २०३६ सालमा निर्दलीय पञ्चायत व्यवस्थाको विरोधमा शुरु भएको आन्दोलनले गरेको थियो। त्यही आन्दोलनको प्रभावले राजाले जनमत संग्रहको घोषणा गरिएको छ ।  २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापनाको लागि गरिएको आन्दोलनमा पनि तत्कालीन राजनैतिक शक्तिहरूले नेपाल बन्दको भरपुर प्रयोग गरे र त्यसले उनीहरूलाई प्रतिफल पनि दियो– प्रजातन्त्र पुनःस्थापना भयो । २०६२÷०६३ को आन्दोलन २१ दिन बन्द भयो तर यसले पनि संघीय गणतन्त्र प्राप्त भयो ।
नेपालबन्दको प्रतिफलले हौसिएका राजनैतिक दलहरूले २०४६ साल यता यसलाई अन्धाधुन्द रुपमा प्रयोग (दुरुपयोग) गरे र पछि गएर यसले निकै विकृत रुप लियो। राजनैतिक दलहरू मात्र नभएर उनीहरूका भ्रातृ संगठनहरू, विद्यार्थीहरूले पनि यसको पूरापूर दुरुपयोग गरे। जायज हुन् या नाजायज हुन्, साना हुन् या ठूला हुन्, आफ्ना मागहरू पूरा गर्न बन्द गर्ने होडबाजी नै चलेको पाइन्छ ।
जुनसुकै मागमा पनि सरकारले आफ्नो कुरा सुनेन भने तुरुन्त नेपाल बन्द गर्ने परिपाटीले देशलाई टाट पल्टाउने मार्गमा लैजान्छ । नेपालमा हरेक दिन काम गरेर त्यो दिनको छाक टार्ने मान्छेहरू धेरै छन् । शहरमा त झन् त्यो जनसंख्या बढी छ । दिनभरि भारी बोकेर, ज्यालादारी काम गरेर, सडक किनारामा पसल थापेर, ठेलागाडामा तरकारी र फलफूल बेचेर त्यसैको आम्दानीबाट साँझ चामल र तरकारी किनेर परिवार पाल्नेहरूको लागि नेपाल बन्दले हातमुख जोड्ने बाटो बन्द गरिदिन्छ ।
विद्यालय र कलेज स्कूल। स्कूल बन्द हुँदा विद्यार्थीको पढाइमा असर पर्छ । एकदिन कारखाना बन्द हुँदा ठूला कारखानाहरूले लाखौं, करोडौं गुमाउनुपर्ने हुनसक्छ। नेपाल बन्दको कारण कारखानामा आउन नसक्ने स्थायी कर्मचारी र मजदूरहरूलाई साबिक बमोजिम नै तलब दिनुपर्ने हुन्छ। यसो हुँदा उत्पादकत्व घट्छ र लागत बढ्छ । विरामीलाई उपचारको लागि एम्बुलेन्स रिर्जभ गर्नु पर्ने हुन्छ । त्यसैलै बन्दको विकल्प खोजी गरी शान्तिपूर्ण विरोध गर्नुपर्छ । बन्दलाई सधैं बन्द गरिनु पर्दछ ।
Show More

Related Articles

Back to top button