हेडलाईनसमाचारAll

प्रतिष्ठानद्धारा आयोजित रचना वाचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

 

दमौली खबर संवाददाता

दमौली, असोज २९

गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँद्धारा आयोजित रचना वाचन तथा वडादशैं, तिहार, छड, इद, नेपाल संवत शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको वरिष्ठ साहित्यकार तथा व्यासका अध्यता काशीनाथ न्यौपानेले शनिबार उद्घाटन गर्नुभयो । सो अवसरमा न्यौपानले, सभ्य, समुन्नत समाज निर्माणको लागि साहित्यले टेवा दिने बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमन्त्री डोबाटे विक, गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको निर्वतमान अध्यक्ष सागर उदाश, सल्लाहकार डा. रघुनाथ न्यौपाने, नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय सदस्य प्रा.डा. कृष्णप्रसाद गौतम, प्रजातान्त्रिक विचार समाजका केन्द्रीय सदस्य कमलामोहन वाग्ले, गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँका अध्यक्ष आकाश अधिकारी, व्राह्मण समाज नेपालका केन्द्रीय सदस्य डा.लक्ष्मीकान्त चापागाई, जिल्ला अध्यक्ष कृष्णचन्द्र पाण्डे, गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँका उपाध्यक्ष सङ्ग सापकोटा, कोषाध्यक्ष रमा वाग्ले, सदस्यहरु तेजप्रसाद लामिछाने, विष्णु खड्का, साहित्यकारहरु समुन्द्र गोदार, शान्ता वास्तोला, दिवाकर भट्ट्राई, भवानी अधिकारी खनाल, मधुमाया घिमिरे लगायतले रचना वाचन तथा शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रम प्रतिष्ठानको अध्यक्ष गौकुमारी न्यौपानेको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजिकरण प्रतिष्ठानका महासचिव अमरराज नहर्कीले गर्नु भएको थियो ।

Show More

Related Articles

Back to top button