तनहुँको म्याग्दे गाँउपालिका जिल्लामै पहिलो पटक पुर्ण वालश्रममुक्त पालिका बन्न सफल भएको छ । म्याग्देमा बालश्रम मुक्त बनाउन जुन कदम चालिएको थियो त्यसमा सबैको साथ र सहयोग मिलेकोले पनि सफलता भएको देखिन्छ । तनहुँका १० वटा स्थानीय सरकार मध्ये म्याग्दे अन्य पालिकालाई पनि पाठ सिकाएको छ । एकीकृत हरित विकास नेपालसँग सहकार्य गरेर हरेक वडामा काय तालिका वनाएर नै सम्पुर्ण वडालाई वालश्रम मुक्त वडा घोषणा गरेर पालिकालाई पूर्ण वालश्रम मुक्त पालिका घोषणा गरिएको बताईएको छ । नेपालको सन्र्दभमा वालश्रम एउटा ठुलो चुनौती रहेको छ । गरिवीको रेखामुनी रहेका अभिभावकहरु विद्यालय पठाउन भन्दा श्रममा पठाउन बाध्य छन् । पछाडी परेको समुदायलाई आयस्तर माथि उकास्ने हो बालश्रम दिर्घकालिन रुपमा अन्त्य गर्न मद्धत पुग्दछ । सरकारले नै वालश्रम मुक्त घोषणा संवैधानिक व्यवस्थामा नै गरेता पनि यसको व्यवहारिक कार्यन्वयन नहुँदा अझै पनि देशमा अनाथ, असहाय, गरिवले पिल्सिएका वालवालिका अझै पनि वाँच्नका लागी पुर्ण रुपमा श्रममा निर्भर हुनु अत्यन्त दुखत अवस्था छ । वालवालिकाले श्रममा आश्रित हुनु भनेको संवैधानिक हक विपरित भएको हुदाँ वालवालिकाको अधिकारमा राज्य र सम्वन्धित निकाय चनाखो हुनुपर्ने देखिएको छ । कलिलै उमेरमा हातमुख जोर्नका लागी विभिन्न श्रममा जोडिनु वाध्यता भएता पनि वालवालिकाको पढ्न, लेख्न, खेल्न पाउने नैसर्गिक अधिकारमा स्थानिय सरकार साधक बनेर लाग्नु जरुरी छ ।
Related Articles
कृषि योग्य जमिनको वर्गिकरण गरौं
December 11, 2022
स्वतन्त्र उठ्नु रहर नभई बाध्यता भएको नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री जोशीको भनाईदमौली
December 4, 2022
दरै समुदायको राम्रो काम
May 9, 2023
Check Also
Close
-
म्याग्दे गाउँपालिकाद्धारा हलगोरु पाल्ने कृषकलाई दश हजार अनुदान
December 1, 2022

