सम्पादकीयAll

दोस्रो पाटन महोत्सव सफल पारौं

दमौली खबर संवाददाता

नेपाल भौगोगिक रुपमा ठुलो देश नभएपनि सास्कृतिक तथा भाषिक रुपमा भने विशाल मुलुक हो । भुगोल मात्रै देश हैन हाम्रो सस्कृति पनि देश हो । हाम्रो भाषा, सस्कृति तथा भेषभूषा संरक्षणको लागि पछिल्लो समय मेला तथा महोत्सवले सहयोग गर्दै आएका छन् । यस क्रममा तनहुँको व्यास नगरपालिका–५ पाटन युवा क्लबको आयोजनामा पाटन खेलमैदान असोज २४ गते देखि कात्तिक४ गते सम्म दोस्रो पाटन खेलकुद, कृषि, व्यापारिक सांस्कृतिक तथा पर्यटकीय महोत्सव हुने भएकोले सबैले सहयोग गरिनु आवश्यक छ । महोत्सव हुन्छ त्यहाँ हामीले आफ्नो पहिचान देखाउनु पर्छ भन्ने भावाना महोत्सवले दिने गर्दछ । व्यास नगरपालिकाको विभिन्न क्षेत्रहरुमा विकास भएता पनि यसको जिल्लाको आफ्नो मौलिक परम्परा, भेषभूषा, भाषा, संस्कृति र स्थानीय उत्पादन र यहाँको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन हुन नसकेकोले महोत्सवको आयोजना गर्न खोजिएको बताईएको छ । स्थानीय सरकारले मात्रै संरक्षण गर्न सक्दैनन् त्यसको लागि गैर सरकारी तर्फबाट पनि मद्धत गरिनु पर्दछ त्यसको लागि महोत्सव पनि एक माध्यमहो । सदिऔं देखि एउटा पहिचान बोकेर आफ्नो मौलिक परम्परालाई प्रवद्र्धन गर्न, स्थानीय स्तरमा भएका प्रतिभालाई चिनाउन, स्थानीय घरेलु तथा साना उद्योग तथा त्यसको उत्पादनलाई बजारीकरण गर्न महोत्सव आयोजना गरिएको बताईएको छ । उद्धेश्य राम्रा छन् तर उद्धेश्य अनुसार नै काम हुनु पर्दछ । उद्धेश्य अनुसार काम गर्न उप्रेरित गर्नुपर्दछ भने नगरेमा खबरदारी गर्नुपर्दछ । महोत्सवलाई पूर्ण रुपमा सास्कृतिक बनाउनु पर्दछ समाज अपाज्य खालका छाडा प्रस्तुति भने रोकिनु पर्दछ ।

Show More

Related Articles

Check Also
Close
Back to top button