Uncategorizedजीवनशैली

दमौलीमा बढी स्पिड र हर्न बजाउन निषेध

दमौली बजार क्षेत्रमा हर्न बजाउन र ओभरटेक गर्न निषेध लगाईएको छ । पछिल्लो समय बजार क्षेत्रमा तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति बढेकाले यसलाई नियन्त्रणका लागि ट्राफिक प्रहरीले व्यवसायीसँगको सहकार्यमा दमौली बजारमा बढी स्पिड र हर्न बजाउन निषेध गरिएको छ । अनावश्यक रुपमा त्रीव गतिमा सवारी चलाउने हर्न बजाउने र ओभरटेक गर्ने प्रवृत्तिले दुर्घटना बढाएका भन्दै दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले व्यवसायीसँगको सहकार्यमा बुधबार यो अभियान शुरु गरिएको हो । बुधबार ट्राफिक प्रहरीलाई सचेतनामूलक ८ वटा सङ्केत सामग्री हस्तान्तरण गरिएको छ । सङ्केत सामग्रीमा तीव्र गतिमा सवारी नचलाऔ, ओभरटेक नगरौ, हर्न नबजाऔं लगायतका सचेतनामूलक सन्देश राखिएको छ ।

तनहुँ उद्योग वाणिज्य संघ र दमौली बजार एकाई समितिको सहकार्यमा ट्राफिकले सवारी सञ्चालनका नियमहरुको बोर्ड दमौली बजारको प्रवेशबिन्दुमा राखिएको छ । यसले नवप्रवेशीलाई गति घटाउन, ओभरटेक रोक्न र हर्न नबजाउन जानकारी दिने तउवासंको विश्वास छ । राजमार्ग अन्र्तगत पर्ने दमौली बजारमा अधिकांशले त्रिव गतिम सवारी चलाउनाले दुर्घटना बढेकाले यस्तो अभियान ल्याएको ट्राफिक प्रमुख रेशम रानाभाटले बताए । उनले भने,‘ राजमार्ग लगायत बजार क्षेत्रको भित्रि मार्गमा तीव्र गतिमा सवारी हाँक्दा दुर्घटनाको जोखिम र अनावश्यक रुपमा हर्न बजाउँदा कोलाहल हुने गरेको छ, त्यसैले अभियान शुरु गरेका हौ,” उनले थपे, “शुरु शुरुमा सबै सवारी चालकलाई यसबारेमा सचेतना गराउने र अटेरी गर्नेलाई कानून बमोजिम कारवाही गर्छौ ।”

दमौली बजार क्षेत्रको सवारी व्यवस्थापन देखि सुरक्षाको हिसाबमा इकाईले विगतदेखि नै प्रहरीलाई सहयोग गर्दै आइरहेको इकाई सभापति राजकुमार श्रेष्ठले बताए । उनले भने ‘ ट्राफिकले थालेको यो अभियानमा हामीले सघाएका हौं, यसले सवारी दुद्र्यटनामा कम गर्ने हुने छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अरुण पौडेलले सवारी व्यवस्थापनका लागि सबैको सहयोग आवश्यकता रहेको बताउदै तनहँु उद्योग वाणिज्य संघको सहयोग राम्रो रहेको बताए ।

तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष मानकाजी श्रेष्ठले यस कार्यले बजारको सुरक्षा बढ्ने अपेक्षा गरेका छन् । प्रहरीसँग हातेमालो गर्दै सामाजिक क्षेत्रका काममा सहयोग गर्न व्यवसायी तयार रहेको उनको भनाई छ । सङ्घका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्रले जिल्लाको सुरक्षाको हिसाबले प्रहरीलाई हरेक क्षेत्रमा सहयोग गदै आईरहेको र यस कार्यलाई निरन्तरता दिने बताए । उनले सीसीटीभी र आगो नियन्त्रण गर्ने उपकरणको सहि उपयोग गरेर सुरक्षा व्यवस्थापन गर्न सुझाव दिए ।

Show More

Related Articles

Back to top button