समाचारविचारUncategorized

तीन वडामा थपिए पाँच संक्रमीत

शुक्लागण्डकी नगरपालिकाको तीन वडामा ५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीलेसार्वजनिक गरेको विवरण अनुसार तीन वडामा पाँच जनासंक्रमित थपिएका हुन् । होम क्वारेन्टिनमा बसेका वडा नम्बर ८ का ३३, २२ बर्षीय पुरुष र वडा नम्बर ५ की ५७ बर्षीया महिला तथा होटल क्वारेन्टिनमा बसेका वडा नम्बर ४ मा होटल क्वारेन्टिनमा बसेका ३१ र १९ बर्षिय पुरुषलाई संक्रमण पुष्टी भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए । उनीहरुलाई बेलचौतारा स्थित रहेको जिपि श्वासप्रश्वास उपचार केन्द्रको आईसोलेसनमा लैजाने तयारी भएको छ ।

Show More

Related Articles

Back to top button