समाचारAll

तनहुँमा प्रत्यक्ष तथा समानुपातिक दुवैमा कांग्रेस पहिलो

दमौली खबर संवाददाता
तनहुँ, मङ्सिर १० गते । तनहुँमा नेपाली काँग्रेसले आफ्नो किल्ला भन्ने कुरा प्रमाणित गर्न सफल भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ मा तनहुँमा प्रत्यक्षमा प्रथम भएको नेपाली कांग्रेस समानुपातिक पनि पहिलो भएर प्रमाणित गरेको हो ।
समानुपातिकको सम्पन्न परिणाम अनुसार प्रतिनिधी सभा तर्फ कांग्रेसले सबैभन्दा धेरै ४२ हजार ३६२ मत प्राप्त गरी प्रथम भएको हो । क्षेत्र नम्बर १ मा २० हजार ८९ र क्षेत्र नम्बर २ मा २२ हजार २७३ मत प्राप्त गरी कांग्रेस पहिलो भएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो । ढकालका अनुसार  दोस्रो नेकपा एमाले भएको  छ । एमालेलेले ३९ हजार ४४७ मत प्राप्त गरी गरी दोस्रो भएको हो । क्षेत्र नम्बर १ र २ मा गरी कांग्रेसले एमालेमा भन्दा दुई हजार ९१५ मत बढी ल्याएको छ ।
यसैगरी स्वतन्त्र पार्टी नेपाल तेस्रो भएको छ । सो पार्टीले क्षेत्र नम्बर १ मा १२ हजार ७२९ र क्षेत्र नम्बर २ मा १० हजार १२९ मत गरी २२ हजार ८५८ मत प्राप्त गरेको छ । चौथो भएको माओवादी केन्द्रले क्षेत्र नम्बर १ मा सात हजार ३१० र क्षेत्र नम्बर २ मा ५ हजार २४७ गरी १२ हजार ५५७ मत प्राप्त गरेको छ । समानुपातिक तर्फ प्रदेश सभा निर्वाचनको मत परिणाम सार्वजानिक गर्न भने बाँकी रहेको छ ।
जिल्लामा प्रतिनिधी सभा निर्वाचनमा दुई क्षेत्रमा कांग्रेसले जितेको थियो । क्षेत्र नम्बर १ मा नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र क्षेत्र नम्बर २ मा कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी विजयी हुनु भएको थियो । पौडेलले एमालेका एकबहादुर राना र भण्डारीले एमालेका किरण गुरुङलाई पराजित गर्नु भएको थियो ।
प्रदेश सभामा  प्रत्यक्ष पनि कांग्रेस प्रथम भएको छ । बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनाएको कांग्रेसले क्षेत्र नम्बर १ (क) मा अशोककुमार श्रेष्ठ, क्षेत्र नम्बर २(ख) मा जीतप्रकाश आलेले जीत हासिल गरी यस अघिको निर्वाचनमा एमालेको जीतको स्थानमा कांग्रेसले विजय प्राप्त गरेको थियो । क्षेत्र नम्बर १ को (ख) मा बाम लोकतान्तिक गठबन्धनको तर्फबाट माओवादी केन्द्रका हरिबहादुर चुमान विजयी हुनु भएको थियो । एमालेले एक स्थानमा मात्रै प्रदेश सभा जितेको छ । क्षेत्र नम्बर २ को (क) श्यामराजा महतले जित हासिल गर्नु भएको थियो ।
Show More

Related Articles

Back to top button