शिक्षा

चुँदीरम्घामा भानु जयन्ती मनाउन शुरु

चुँदीरम्घामा भानु जयन्ती मनाउन शुरु

आज राष्ट्रिय स्तरको खुला कविता प्रतियोगिता हुँदै

दमौली २७ असार । राष्ट्रिय विभुति आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको उहाँकै जन्मस्थल तनहुँको भानु नगरपालिकाको चुँदी रम्घामा सोमबार देखि मनाउन थालिएको छ । यस क्रममा आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले २०९ औं भानु जयन्तीको उपलक्ष्यमा आज राष्ट्रिय स्तरको खुला कविता प्रतियोगिताको लागि १५ कविता छनोट भएका छन् । कविता प्रतियोगितामा बाचनका लागि प्राप्त भएका कविता मध्ये ११ जिल्लाका १५ कविता छनोटमा परेको समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले जानकारी दिनुभयो ।

छनोटमा परेका कविले असार २८ गते समितिको कार्यालय चुँदीरम्घामा स्वयं उपस्थित भई कविता बाचनमा भाग लिनु पर्ने उहाँले जानकारी दिनुभयो । प्रतियोगितामा कविता बाचनको लागि पर्वत, मोरङ्ग कास्की, नवलपुर, अछाम, रामेछाप, कपिलबस्तु, बारा, खोटाड, पाल्पा र रुपन्देही जिल्लाका कविहरु छनोटमा परेका छन् । दोस्रो चरणा अन्र्तगत बाचनका लागि छनोट भएका कविताहरुको मूल्याङ्गकन पूर्णाङ्गक १० नम्बरको हुने आयोजक समितिले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेलाई रु.२० हजार, द्वितीय हुनेलाई रु. १५ हजार, तृतीय हुनेलाई रु.१० हजार र सान्त्वना हुने दुई जनालाई जनही रु.पाँच हजारका दरले पुरस्कार वितरण गरिने छ । भानुजन्मस्थललाई प्रचार प्रसारमा टेवा पु¥याउने उद्धेश्यले राष्ट्रस्तरको प्रतियोगिता आयोजना गरिएको समितिका अध्यक्ष ऋषिराम पन्तले बताउनु भयो । यस अघि खुला कविता प्रतियोगिता गरिदैं आएकोमा धनराशी थप गरी राष्ट्रिय स्तरको प्रतियोगिता गरिएको उहाँले जानकारी दिनुभयो ।

सोही दिन विद्यालय स्तरीय खुला कविता प्रतियोगिता पनि हुने भएको छ । सो प्रतियोगितामा प्रथम, द्धितीय र तृतीयलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार र शात्वना दुई जनालाई २ हजारको पुस्कार प्रदान गरिने समितिले जनाएको छ । सोही दिन भानुभक्तीय रचना वाचन प्रतियोगिता हुने भएको छ । सो प्रतियोगितामा प्रथम, द्धितीय र तृतीयलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार र शात्वना दुई जनालाई २ हजारको पुस्कार प्रदान गरिने कार्यकारी निर्देशक रानाभाटले जानकारी दिनुभयो । कार्यक्रम अन्र्तगत असार २७ देखि २९ गतेसम्म जन्मथलो चुँदीमा मनाउन थालिएको छ । सोमबार स्थानीय मठ मन्दिरमा पूजा अर्चना र साँझ दिपावली गरिएको छ ।

असार २९ गते चुँदीरम्घा वेशीमा रहेको भानु जन्मस्थल विकास समितिको कार्यालय परिसरबाट प्रभातफेरी कार्यक्रम शुरु गरी चुँदीरम्घा स्थित भानु प्रतिमामा पूजा अर्चना, पञ्चकन्याबाट रामायणवाचन कार्यक्रम तय भएको छ । सोही दिन भानुको स्मृती सभा, कवि गोष्ठी, झाँकी प्रदर्शन, भानुभक्तिय रचनामा आधारित अन्ताक्षरी कार्यक्रम र भजनकीतर्न लगायतका कार्यक्रम समितिले तय गरेको छ । कार्यक्रममा देशका विभिन्न भागबाट साहित्यकारहरुको समेत सहभागीता रहने समितिले जनाएको छ । जयन्तीकै अवसरमा व्यास नगरपालिका–१२ घाँसीकुवा भानु घाँसी स्मारकमा साहित्यिक रचनावाचन तथा भानु र घाँसीको प्रतिमामा माल्यापर्ण कार्यक्रम हुँदैछ । भानु घाँसी स्मारक पार्कको आयोजना कार्यक्रम हुने भएको हो । भानु जयन्तीको दिन गण्डकी प्रदेश सरकारले सार्वजानिक विदा दिएको छ ।

Show More

Related Articles

Back to top button