हेडलाईनसमाचार

ग्राहकको रोजाईमा पर्दै केरासिस स्याम्पू

दमौली खबर संवाददाता
दमौली । कोरियामा निर्माण गरिएको केरासिस ब्राण्डको स्याम्पूले नेपाली ग्राहकको रोजाईमा परेको छ । फोहोर मैला पखाल्ने मात्रै नभई कपालको समस्यामा आधारित रही  स्याम्पु निर्माण गरिएकोले रोजाईमा परेको हो । कपालको जटिल खालको समस्या पनि समाधान गरेकोले माग दिन प्रतिदिन बढीरहेको कम्पनीको नेपालको वितरक मनकामना ट्रेड्रसले जनाएको छ ।
    तनहुँ जिल्लामा यस स्याम्पूको माग ह्वात्तै बढेको कम्पनीको तनहुँ जिल्लाको आधिकारिक विक्रेता अर्पित ट्रेडर्सले जनाएको । सोचे भन्दा धेरै विक्री भएकोले हाल माग धान्न कठिन भईएको ट्रेड्रसकी सञ्चालिका संगिता नेपाल पौडेलले जानकारी दिनुभयो । कपाल झरेको रोक्ने, सुख्खा विग्रिएको उपचार, कपाल लामो बनाउने, चायाँबाट मुक्ति, कपालको चमकता बढाउने र नरम बनाउने जस्ता औषधीय गुण भएकोले माग धान्न कठिन भएको नेपालले बताउनुभयो ।
केमिकल न्यून प्रयोग गरिएकोले असर नगर्ने भएकोले एक पटक प्रयोग गरेपछि पटक पटक प्रयोग गर्ने गरेको नेपाल बताउनुहुन्छ । तनहुँमा एक वर्ष अघि यो अन्तराष्ट्रिय ब्राण्डको स्याम्पू विक्री गर्न थालिएको हो । स्याप्युको औषधीय गुण प्रभावकारी भएकोले ग्राहकले रुचाएको व्यास नगरपालिका–२ अमरापुरी स्थित गुरुङ व्युटी पार्लरको सञ्चालिका सुकु गुरुङले जानकारी दियो । ‘यो स्याम्पुको माग आजकल बढ्दै गएको छ धेरै जसो ग्राहकले यही स्याप्पु प्रयोग गर्न भन्ने गरेका छन्’ गुरुङले बताउनुभयो ।
Show More

Related Articles

Back to top button