शुभकामनाविचार

गुणादीमा पनि सुप्रिमको सेवा

म्याग्दे गाँउपालिका वडा नं ४ मा रहेको सुप्रिम बचत तथा ऋण सहकारीले गुणादीमा आफ्नो सेवा केन्द्र विस्तार गरेको छ । आईतबार एक कार्यक्रम गरि सहकारीले सेवा केन्द्रको स्थापना गरेको हो । सेवाकेन्द्रको उद्घाटन म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गरे । कार्यक्रममा बोल्दै उनले सहकारीको सिद्धान्तमा आधारित भई सञ्चालन गर्नुपर्ने बताए । उनले गाँउपालिकावासीहरुलाई सहज तरिकाले सेवा प्रवाह गर्न सहकारीलाई आग्रह गरे ।

उनले भने, ‘सेवाकेन्द्रले त्यस भेगका सम्पुर्ण मानिसहरूमा सेवा सुविधाको लागि मन जित्ने गरि सेवा दिने आवश्यक छ । ’ एउटै प्रकृतिका तथा समान उद्देश्य बाट खुलेका सहकारीमा कात्तिक मसान्तबाट एउटा सहकारीमा १ जना मात्रै बस्न पाउने नीति कानुन बनेको जानकारी गराउदै उनले सोहि अनुसार गर्न आग्रह गरे । सहकारी सेवाकेन्द्रले बत्ती , पानीको बिल तिर्न, इन्टरनेट , रेमिट्यान्स को सुविधा प्रदान गर्ने भएको छ । सहकारीका अध्यक्ष हरिबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाँउपालिका प्रवक्ता शिवशरण वाग्ले, सहकारीका सल्लाहाकार मुरलीमोहन काफ्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Show More

Related Articles

Back to top button