समाचार

गलेखामकोटमा सार्वजनिक शौचालय निर्माणको लागि लायन्सको सहयोग

जिल्लाको पर्यटकीय स्थलको रुपमा चिनिने व्यास ६ गलेखामकोटमा सार्वजनिक शौचालय निर्माणको लागि लायन्स क्लबले आर्थीक सहयोग प्रदान गरेको छ । पर्यटकको चहलपहल बढे सँगै सार्वजनिक शौचालयको अभाव भएपछि लायन्स क्लबे ५० हजार सहयोग प्रदान गरेको हो । लायन्स क्लब क्लब ३ सय २५ बि एक का पूर्व गभर्नर अशोककुमार श्रेष्ठले गलेखामकोट संरक्षण समितिको अध्यक्ष बालकुमारी श्रेष्ठलाई पचास हजारको चेक हस्तान्तरण गरेका हुन् ।

सदरमुकाम दमौली देखि पृथ्वीराजमार्गको कन्टार,पतेनीटार,बर्राबोट,नेपालटार मादबेसी,बार्हविसे हुँदै उक्त ठाँउ पुग्न सकिन्छ । गलेखामकोट सदरमुकाम दमौली १६ कि.मि उत्तर– पश्चिम मा पर्दछ। गलेखामकोट जादै गर्दा सागेफाटको हरियाली बाटो साथै जङ्गलको बीच भागमा रहदा अतिनै रोमान्चकताको महशुस हुन्छ । गलेखामकोटमा नेवार समुदायको बाक्लो बस्ती क्षेत्र र बाहुल्यता रहेको छ ।

यस स्थानमा पर्यटकहरुलाई टाढा टाढाका प्राकृतिक संम्पदाहरुलाई नजिकैबाट नियालेर हेर्न मिल्ने भ्यु टावरको निर्माण गरिएको छ। उक्त भ्यु टावरबाट विभिन्न छिमेकी जिल्लाहरु लम्जुङ,स्याङ्जा , गोर्खा र कास्कीका स्थानहरु सजिलै देख्न सकिन्छ। यहाँ आन्तरिक एवम बाहय पर्यटकहरुका लागि खान र बस्नका लागि उचित ब्यबस्था रहेको छ । किनकी पर्यटकहरुका लागि सविधायुक्त आरामदायी ४ कोठे पक्की आवास भवन निर्माण गरिएको छ।

कोटभैरबीको मन्दिर समेत विराजमान रहेको देख्न सकिन्छ । देवीसँग आफुले चाहेको कुरा माग्दा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ। पर्यटन प्रवर्द्धन र मनोरम दुश्यावलोकनकाका हिसाबले पनि अति उपयुक्त स्थानको रुपमा गलेखामकोट लाई लिने गरिएको छ।

Show More

Related Articles

Back to top button