हेडलाईनAll

कुरुति तोेड्दै महिलाहरु ः शव बोकेर घाटमा पु¥याए


अमरराज नहर्की
दमौली ५ कात्तिक । छोरीले शव बोक्न तथा काजक्रिया गर्नु हुँदैन भन्ने आम गलत सोचाईलाई तनहुँका दमौलीका महिलाहरुले तोड्ने शाहस गरेका छन् । दमौली स्थित वेदव्यास जेष्ठ नागरिकमा आबद्ध महिलाहरुले हिक्मत गरेका हुन् ।


महिलाहरुले शुक्रबार शव बोकेर दमौली स्थित घाटमा पुगि दागवत्ती र दाहसस्कार गरेका छन् । महिलाद्धारा सञ्चालित आश्रममा आश्रित ८६ वर्षिय जगतबहादुर अधिकारीको शुक्रबार मृत्यु भएपछि उनिहरुले शव बोकेका थिए । छोरीले शव बोक्न हुँदैन भन्ने पहिलाको एकोहोरो मान्यता तोड्न आश्रममा आवद्ध महिलाहरुले आश्रममा आश्रीत आमा तथा बुवाको मृत्यु पश्चात पालो पालो शव बोकेर घाटमा पु¥याउँदै आएको आश्रमकी अध्यक्ष सवित्रा श्रेष्ठले बताइन् । सोही आश्रममा आवद्ध महिलाहरुले जातीय परम्परा अनुसार अन्त्येष्टिमा सघाएका थिए आश्रमकी उपाध्यक्ष शकुन्तला आलेले महिलाले कतिपय मान्छेहरु अहिले पनि समाजमा छोराले मात्रै शव बोक्नुपर्छ काजक्रिया गर्नु गर्नु पर्छ भन्ने गरेका छन् छोरी मात्रै हुने घरले छोरा नखोजुन् भन्ने सन्देश दिन शव बोकेको बताइन् ।


सात वर्ष अघि ९० वर्षिय आइतुमाया थापाको मृत्यु भएपछि पहिलो पटक आश्रमी अध्यक्ष श्रेष्ठ लगायत आबद्ध महिलाहरुले नै शव बोकेका थिए । हालसम्म आश्रममा आश्रीत ५ जनाको मृत्यु भईसकेको छ । मृत्यु भएका सबैको महिलाले नै शव बोकेर लैजाने गरेका छन् । आश्रमकी सचिव निर्मला मल्लले आफ्नो बुबा र आमा जस्तै गरी पालनपोषण पोषण गर्दै आएकोले उनिहरुलाई सन्तानले गर्नुपर्ने कर्तव्य पुरा गर्नु पर्छ भन्ने सोचेर मृत्यु पछि आलोपालो सबैले बोकेर घाटमा लैजाने गरेको बताइन् । ‘‘छोरीले पनि छोरा सरह जुनसुकै गर्न काम गर्न सक्छन् भन्ने उदाहरण दिन आश्रममा आश्रीत आमाबुबाको मृत्यु हुँदा आवद्ध महिलाहरुले शव बोकेर घाटमा पुग्ने गरेका छौ’’ निर्मलाले भनिन् । ‘‘मन्त्र जप्ने ओठ भन्दा सेवा गर्ने हात पवित्र हुन्छ’’ भन्ने भावाना बोकी २०७० सालमा महिलाहरुले आफू आफूमा चन्दा सङ्कलन गरी व्यास नगरपालिका–५ चापाघाट, दमौलीमा साहारा विहिन जेष्ठ नागरिको लागि आश्रम सञ्चालन गरेका थिए ।

Show More

Related Articles

Back to top button