हेडलाईनसमाचारAll

एनआईसी एसिया बैंकद्धारा बालिका सुनिमायाको अध्यनको लागि मद्धत

दमौली खबर संवाददाता
तनहुँ, कात्तिक २१ गते । एनआईसी एसिया बैंकले तनहुँकी एक छात्रालाई अध्ययनको लागि मद्धत गरेको छ ।
सो बैंकको दुलेगौडा शाखाले शुक्लागण्डकी नगरपालिको दुलेगौंडा स्थित पञ्चमुनीदेव माध्यामिक विद्यालयमा अध्ययनरत सुनिमाया गायकको अध्ययनको अध्ययनको लागि सहयोग गरेको हो ।
सुनिमायाको  अध्ययनको लागि सहज बनाउन सामाजिक उत्तरदायित्व अन्र्तगत आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ ।परिवारको आर्थिक अवस्था कमजोर हँुदा अध्ययनमा समस्या भएको जानकारी पाएपछि विद्यालयको आग्रहमा बैंकले छात्रा गायकलाई २० हजार सहयोग गरेको बैकको उपप्रादेशिक कार्यालय दमौलीका प्रमुख चुणामणी पराजुली दिपकले जानकारी दिनुभयो ।
 उहाँले विद्यालयमा पुगेर शिक्षकहरुको उपस्थितीमा छात्रा गायकलाई छात्राबृत्तिका लागि सहयोग हस्तान्तरण गरिएको थियो  । सुनिमाया कक्षा १० अध्ययन गर्नुहुन्छ । सहयोग पाएपछि बालिकाको परिवारमा खुसी छाएको छ ।
Show More

Related Articles

Back to top button