सम्पादकीयAll

अनुगमनलाई निरन्तरता दिऔं

दमौली खबर संवाददाता

विकास निर्माणको कामलाई प्रभावकारी बनाउन अनुमनलाई निरन्तरता दिईनु पर्दछ । अनुगमन भएन भने गुणस्तरीय काम नहुने मात्रै हैन समयमा काम नहुने, लागत मूल्य बढ्ने जस्ता समस्या निम्तिन्छन् । हाम्रो देश पछाडी पर्नुको कारण मध्ये यो पनि हो । निगरानी बढाउने हो भने धमिलो पानीमा माछा मार्न रुचाउनेहरु सातो लैजान सकिन्छ । तनहुँमा राष्ट्रिय गौरवका तथा अन्य योजनाहरु समयमै सम्पन्न गर्न जनप्रतिनिधी तथा सरकारी निकायले ध्यान दिनु पर्दछ । ध्यान दिने क्रममा भानु नगरपालिकाका प्रमुख त्रिपाठी र प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले डुम्रे–वेसीसहर सडकको अनुगनम गर्नु भएको छ । सडक आयोजनाका प्रमुख र ठेकेदार कम्पनीका प्रतिनिधिलाई जनताको गुनासो नआउने गरी स्टिमेट अनुसार समयमै काम सम्पन्न गर्न निर्देशन समेत दिनु भएको छ । यो सडकको जसरी नै भानु मार्गको पनि समयमै अनुगमन नहुँदा काम अलपत्र परेको छ । त्यस्तै गरी बुद्धसिंह मार्गको घुमाउने बन्दै गरेको पुल वषौं अघि देखि अलपत्र परेको छ । तनहुँमा राष्ट्रिय गौरवको तनहुँ जलविद्युत आयोजना, राष्ट्रिय योजना अन्तर्गतको पृथ्वीराजमार्ग फराकिलो बनाउने काम भईरहेको छ । यि कामलाई प्रभावकारी र दिगो बनाउन अनुगमनलाई प्राथमिकता दिन जरुरी छ ।

Show More

Related Articles

Back to top button