साहित्यAll

हे कृष्ण मेरो सुन यो पुकार

के हो यहाँ जीवन सार तत्व
बुझिन्छ केले धनको महत्व
भावार्थ नौलो अब लौ उतार
हे कृष्ण मेरो सुन यो पुकार

नाशिन्छ चोला तर लोभ लाग्छ
गाँसिन्छ माया तर दूर भाग्छ
अनेक बाधा गर वारपार
हे कृष्ण मेरो सुन यो पुकार

कुदेर धर्ती धनका पुजारी
को हेर्छ साँचो नयनै उघारी
पढेर गीता लिनु के छ सार
हे कृष्ण मेरो सुन यो पुकार

यो पेटले लौ कति धेर पिर्छ
मान्छे यसैले कतिसम्म गिर्छ
घट्ला कसोरी मनको विकार
हे कृष्ण मेरो सुन यो पुकार

Show More

Related Articles

Back to top button