समाचारUncategorized

सांसद श्रेष्ठको दशैं भत्ता मृगौला पिडितलाई

विश्वलाई नै आतंक बनाएको कोरोना भाइरस कोभिड १९ को बेलामा सांसदहरुले दसैं भत्ता लिएको विषयमा चर्को आलोचना भईराखेको छ । महामारी नियन्त्रण गर्न सांसदको तलब खर्चले गर्नुपर्ने सर्वसाधरणबाट आवाज उठिरहेको बेलामा तनहँुका एक सांसदले दशैं भत्ता गृह जिल्लाका मृगौला पीडितलाई सहयोग गर्ने घोषणा गरेका छन् । तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले दशैँ भत्ता जिल्लाका मिर्गौलापीडितलाई सहयोग गर्ने घोषणा गरेका हुन् । उनले सोमबार एक विज्ञप्ती सार्वजनिक गदै संसद् सचिवालययले सांसदलाई उपलब्ध गराएको दशैँ खर्चबापतको रु ६४ हजारे व्यास नगरपालिकाका विभिन्न वडाका चार मिर्गाैलापीडितलाई सहयोग गर्ने घोषणा गरेका हुन् । उनका अनुसार व्यास नगरपालिका १ का अमृतबहादुर खत्री, व्यास नगरपालिका४ का अब्दुल गफ्फार मियाँ, व्यास नगरपालिका–१२ का अनुप क्षेत्री र व्यास नगरपालिका १४ का सन्तोष रानालाई रु १६र१६ हजार सहयोग गरिने भएको छ ।

सांसद श्रेष्ठले कोरोना महामारीका कारण मुलुक अहिले विषय परिस्थितिबाट गुज्रिरहेको उल्लेख गदै उक्त रकम मिर्गौलापीडितलाई दिने घोषणा गरेको बताए । उनले भने,‘कोरोना महामारीका कारण मुलुक अहिले विषय परिस्थिति गुज्रिरहेको अवस्थाबारे हामी सबै अवगत छौं, यस घडिमा जनप्रतिनिधिलाई दसैं भत्ता दिइनु म उपयुक्त मान्दिन । ’ सांसदका रुपमा निर्वाचित भए देखि अहिलेसम्मको सबै महिनाको पारिश्रामिक तनहँु जिल्लाका विभिन्न सङ्घसंस्था र समुदायलाई क्रमशः उपलब्ध गराउँदै उनले दाबी गरे ।

Show More

Related Articles

Back to top button