विचारमनोरन्जन

सर्जनको निर्देशनमा बनेको झोर्ले सालीज्यु २ भिडियो सार्बजनिक

मनोरन्जन,
असोज १८ ।
दमौली खबर संवाददाता
तनहुँका नित्य प्रशिक्षक एबं भिक्टारिया डान्स एण्ड एक्टि
स्कुलका संचालक सर्जन थापा मगरको निर्देशनमा बनेको मगर गित झोर्ले सालीज्यु २ को म्युजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय कलाकार रमेश बाबु थापा मगरको झोर्ले साली ज्यु(२ आज सार्बजनिक भएको छ । मगर समुदायका नायक तथा गायक मोडल रमेशबाबु थापा मगर आफैमा एक सर्जक हुन । सृजनाले भरिएका रमेशबाबु थापा मगर आफैले शब्द रचना र संगीत गरेको झोर्ले साली ज्यु २ आज GM Pithakote Photo & Videographgy  युटुब च्यानलबाट सार्बजनिक गरेका छन् । रमेशबाबु थापा मगर र तारा श्रीष मगरको स्वर रहेको उक्त्त म्युजिक भिडियोमा रमेशबाबु मोडलको रुपमा प्रस्तुत भएका छन् भने अन्य तीन जना रबिता मगर, रोसनी राना मगर र उषा अर्मजा मगरले अभिनयमा साथ दिएका छ्न । मगर समुदायको संस्कृतिमा आधारित रहेको म्युजिक भिडियो मगर भाषामा रहेको छ ।
पोखरामा छा‘ंयाकंन गरिएको झोर्ले साली(२ लाई डान्सर तथा कोरियोग्राफर सर्जन थापा मगरले निर्देशन गरेका छन् भने क्यामरा म्यान मा किरण चैसिर रेहको छ ।

Show More

Related Articles

Back to top button