दमौली खबर संवाददाता
दमौली, असोज १२
तनहुँको एक समाजसेवी दमौली अस्पताललाई सलाइन पानी सहयोग गर्नु भएको छ ।व्यास– २ गणेशमान स्थित लोकप्रिय मेडिकलका सञ्चालक समेत रहेका राजु दाहालले सहयोग गनुर्् भएको हो । अस्पतालमा बिरामीको चाप धेरै हुँदा सलाइन पानीको अपुग भएको जानकारी पाएपछि दाहालले सहयोग गर्नु भएको थियो । दाहालले दुई सय थान सलाइन पानी सहयोग गर्नु भएको दमौली अस्पताले जनाएको छ । विषेश गरी डेङ्गुका विरामीलाई उपचारको लागि सहज होस् भनि उक्त सलान सहयोग गरेको दाहालले बताउनुभयो । दाहाले सलाइन पानी अस्पतालमा प्रमुख डा. परिवर्तन बराललाई बिहीबार हस्तान्तरण गर्नु भएको थियो। अस्पताल सञ्चालाक समितिका सदस्य केस बहादुर सुनार लगाएको सहभागीमा अस्पताललाई हस्तान्तरण गरिएको थियो । समाजसेवी दाहाले दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा अध्यरत विपन्न, जेहेन्दार विद्यार्थीलाई पनि मद्धत गर्दै आउनु भएको छ ।