विचारफोटो गल्लेरीमनोरन्जनसूचना प्रविधि

सन्तुलित जीवन र खानपानको फाइदा : जवान र तन्दुरुस्त रहने काइदा

हामीलाई सधै लोभलाग्छ, आफ्नो जवानीको । हाम्रो जीवन सधै जवान भइदियो हुन्थ्यो भन्ने कामना गर्छौं । तर, उमेर गुजि्रदै जाँदा हामी उस्तै रहँदैनौं । हाम्रो जाँगर सेलाउँदै जान्छ, उत्साह खुम्चदै जान्छ, हात-गोडा गल्दै जान्छ । हामी शिथिल हुँदै जान्छौं । हाम्रा अंगहरुले ठिक-ठिक ढंगले काम गर्न छाड्छ । हामीलाई बुढ्यौलीले छोप्छ, रोगले च्याप्छ ।

यसरी बुढ्यौलीले गाँज्दै लगेपछि हामी आफ्ना विगततर्फ फर्केर हेर्छौं । जवान छँदाका दिनहरु सम्झन पुग्छौं । अहो, त्यसबेला कति फुर्ति थिएँ, कति जाँगर थियो, कति उर्जा थियो, कति उत्साह थियो, कति उमंग थियो ?

आवश्य पनि बुढ्यौली एक जीवन-चक्र हो । शिशु, बालक, किशोर, युवा, बयस्क हुँदै हामी पुग्ने त्यही बुढ्यौलीमा हो । बुढ्यौलीबाट हामी उम्कन सक्दैनौं । तर, बुढ्यौलीलाई टाढा धकेल्न भने सकिन्छ । अर्थात जीवनको लामो उमेर-हिस्सा जवान र तन्दुरुस्त रहन सकिन्छ । यसका लागि सबैभन्दा पहिलो सर्त हो, आफ्नै शरीरलाई माया गर्नु ।

आफुलाई माया गरौ

हामी अरुलाई माया गछौं । तर, आफैलाई भने वेवास्ता गरिरहेका हुन्छौ । हामीले आफुलाई माया गर्न सिक्नुपर्छ । यसका लागि आफ्नो मनलाई खुसी राखौ । शरीरको हेरचाह गरौ । मनको इच्छालाई दबाएर नराखौं ।

खुसी हुन सिकौ

हाम्रो खुसी, दुख भौतिक कुराबाट प्रभावित भैरहेका हुन्छन् । यद्यपी यो नितान्त भावनात्मक कुरा हो । दुखी हुनु कुनै समस्याको समाधान होइन । त्यसैले जस्तोसुकै परिस्थितीमा पनि सुखी हुने अभ्यास गरौ । त्यस्तो व्यवहार गरौं, जसले आफुलाई प्रशन्न राख्न मद्दत गर्छ । सकारात्मक सोंच राखौ ।

स्वस्थ दिनचर्या

आफुलाई सधै व्यवस्थित राख्ने अभ्यास गरौ । धेरैले आफुलाई अस्तव्यस्त राख्छन् । घर, अफिस सबैतिर लथालिंग हुन्छ । यसले उनीहरुमा मानसिक तनाव पैदा गर्छ । मनलाई शान्त राखौ । यसका लागि नियमित योग गरौं । व्यायम गरौ । सुत्ने र उठ्ने तालिका नियमित गरौ ।

सन्तुलित खानपान

खानाको सोझो नाता हुन्छ, शारीरिक र मानसिक स्वास्थ्यसँग । भनिन्छ, हामी जस्तो खान्छौ त्यस्तै हुन्छौ । चाहे त्यो शारीरिक रुपमा होस् वा मानसिक रुपमा नै । त्यसैले स्वास्थ्य तन र मनका लागि त्यही अनुरुपको खानेकुरा सेवन गर्नुपर्छ । ताजा फलफूल, हरियो सागपात सेवन गर्नुपर्छ । साथै नियमित रुपले पानी पिउनुपर्छ ।

 आफ्नो काममा रमाउन सिकौ

हामी आफ्नो दैनिक गुजाराका लागि, लक्ष्य प्राप्तिका लागि काम गरिरहेका हुन्छौ । यद्यपी कतिले कामलाई बोझको रुपमा लिने गर्छन् । तर, कामलाई बोझको रुपमा होइन, अवसरको रुपमा ग्रहण गरौं । आफ्नो जिम्मेवारीलाई हार्दिकातासाथ स्विकार गरौं । काममा रमाउने अभ्यास गरौ ।

परिवारमा इन्जोए गरौ

कार्यलयको तनावलाई घरभित्र प्रवेश गर्न दिनु हुँदैन । घर आइसकेपछि तपाइ पूर्णत तनावमुक्त हुनुपर्छ । बच्चाको होमवर्कमा सघाउने, भान्सामा पसेर केहि खानेकुरा तयार गर्ने, टेलिभिजन हेर्ने, पुस्तक पढ्ने जस्ता क्रियाकलापले पारिवारिक माहौल रमाइलो बनाउँछ ।

Show More

Related Articles

Back to top button