समाचारशिक्षा

सत्यवतीमा मन्टेश्वरी तालिम सञ्चालन

दमौली खबर संवाददाता

तनहुँ , चैत २६

तनहुँको व्यास नगरपालिका वडा.न.२ मा रहेको सत्यवती माध्यमिक विद्यालयको आयोजनामा दुई दिने शिक्षकको क्षमता विकास एवं मन्टेश्वरी तालिम प्रदान गरिएको छ । कार्यक्रमको शनिबार उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका प्रमुख उद्दवराज कट्टेलले बदलिंदै शिक्षण क्रियाकलाप प्रति शिक्षकहरु लाग्नु पर्ने बताउँदै तालिममा सिकेको ज्ञान, शिप र क्षमतालाई कक्षाकोठामा प्रयोग गर्न आग्रह गर्नुभयो ।

व्यास न पा वडा.न.२ का वडा अध्यक्ष काशीराम श्रेष्ठले शिक्षकहरुले विद्यार्थीहरूलाई पाठ्यपुस्तक बाहिरका ज्ञान सिप र धारणामा समेत शिक्षण गर्नुपर्ने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति करुणराज काफ्लेले शिक्षक दक्ष र समय सापेक आफूलाई नयाँ ज्ञान र सिपसंग ढाल्नसक्ने हुनु पर्नेमा जोड दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक पुष्पकला भट्टराईले विद्यालय वरपरका विद्यालयहरुसंग सहकार्यगरि साना बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने कुरामा सहकार्य हुने र आजीत ज्ञानलाई बालबालिकाको सिकाइमा जोडी उपलब्धिमुलक बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो ।

इ सि डि मन्टेश्वरी फेसिलिटेटर÷ ट्रेनर एवं फोनिक्स मन्टेश्वरी ट्रेनिङ सेन्टर को फाउण्डर-ट्रेनर रिता घिमिरे तिमल्सिनाद्वारा प्रशिक्षण प्रदान गरिएको

तालिममा सत्यवती माध्यमिक विद्यालयका शिक्षकहरु लगायत जिल्लाका २४ विद्यालयका ५१ जना शिक्षकहरुको सहभागिता रहेको विद्यालयका सहायक प्रध्यानाध्यापक अशोक गिरीले जानकारी दिनुभयो । शनिबार र आइतबार गरी दुई दिने तालिम प्रदान गरिएको हो ।

Show More

Related Articles

Back to top button