समाचार

सञ्चारकर्मी परियारद्वारा बृद्धलाई खाद्यान्न सहयोग

दमौली २८ कार्तिक

सालको पात बेचेर जिवन निर्वाह गर्ने आमालाइ तनहुँका सञ्चारकर्मी दमौली एफएममा कार्यरत राजेन्द्र परियारले खाद्यान्न सहयोग गरेका छन । बिगत लामो समय देखि दमौली बजारमा सालको पात बेच्दै आएकी आमालाइ सञ्चारकर्मी परियारले उनको घरमा गएर चामल,दाल,सोयाबिन बिस्कुट लगाएतका खाद्यवस्तुमा शुक्रबार हस्तान्तरण गरेका हुन ।

जाडो मौसममा खानपिनको अभाव नहोस भनेर सहयोग गरेको परियारले बताए । उनले भने ” जाडोको मौसम छ, वृद्धि आमालाइ खानामा अभाब छ भन्ने सुनेर खाद्य सहयोग गरेको हु । शुक्रबार दिउँसो वृद्धि आमाको निवासमा पुग्दा चिसोमा ओढ्ने र बिस्ताराको अभाव रहेको आमाले बताइन् । उनले आफुलाइ सम्झेर सहयोग गर्नु भएकोमा सञ्चारकर्मी परियार प्रती धन्यवाद दिइकी थिइन ।

Show More

Related Articles

Back to top button