समाचार

शैक्षिक सामग्री पाएपछि विद्यार्थी फुरुङ्ग

युथ काँगे्रस नेपाल तनहँुले विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । युथ काँगे्रसले आईतबार व्यास ६ अमे्रनीमा रहेको ईन्दु माध्यमिक विद्यालयका ४५ जना विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो । विद्यार्थीलाई विद्यालय जानको लागि प्रोत्साहित गर्ने उद्देश्यले विद्यालयमै पुगेर शैक्षिक सामग्री वितरण गरेको युथ काँगे्रस नेपाल तनहँुका संयोजक राजेशकुमार श्रेष्ठले जानकारी दिए ।

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गदै व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले न्यून आय भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दा अध्ययन जारी राख्न सहयोग पुग्ने भएकाले अभियानकै रुपमा यस्ता कार्यक्रम जारी राखिनुपर्ने बताए । उक्त कार्यक्रममा नेपाल विद्यार्थी संघ तनहँुका सभापति चुडामणि खनाल,व्यास ६ का वडा अध्यक्ष सुर्यभक्त भण्डारी,युथ काँगे्रस नेपालका केन्द्रिय संयोजक सचिन तिमल्सेना लगायतको उपस्थिती रहेको थियो ।

Show More

Related Articles

Back to top button