समाचारAll

शहिद दिवसको उपलक्ष्यमा व्यास नगरपालिकाद्धारा आज सार्वजानिक विदा छैटौं व्यास नगर अल्टा म्याराथन प्रतियोगितामा ५७धावकद्धारा नाम दर्ता

दमौली खबर संवाददाता

दमौली, माघ १५

शहीद दिवसको अवसरमा व्यास नगरपालिकाद्धारा आज छैटौं व्यास नगर अल्टा म्याराथन प्रतियोगिता गरिदैं छ । वडा नम्बर ५ को मानहुँदेखि वडा नम्बर ८ को सहिदग्राम पुलिमराङ्गसम्मको ४४ किमी दुरीमा म्याराथन आयोजना गरेको हो । प्रतियोगिताको तयारी पुरा भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विगत पाँच बर्षदेखि शुरुवात गरेको म्याराथनलाई यसबर्ष पनि निरन्तरता दिन लागेको हो । म्याराथनको मिति नजिकिदै गर्दा तयारी कार्यलाई तीब्रता दिइएको व्यासका सूचना व्यास नगरपालिका भित्रका विद्यालयहरुलाई विद्यार्थी सहभागि गराइदिन आग्रह गरिएको नगरपालिकाले जनाएको छ । उक्त म्याराथनमा कम्तीमा एक सय जना धावकले भाग लिने अपेक्षा गरिएको छ ।

नगर प्रमुख वैकुण्ठनाथ न्यौपानेले पर्यटकीय गाउँ मानहुँ र सहिदहरुको गाउँ पुलिमराङलाई खेलकुदको माध्यमबाट जोड्दै पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले म्याराथन आयोजना गरेको व्यास नगर प्रमुख बैकुण्ठनाथ न्यौपानेले जानकारी दिनुभयो ।

विगतमा गदै आएको म्याराथनले मानहँुकोटको पर्यटकीय प्रर्वद्दनमा ठूलो सहयोग पुग्ने विश्वास गरिएको उहाँले बताउनुभयो । म्याराथन नगरपालिकाको पहिचान बनिसकेकोले वर्ष निरन्तर दिदै आएका छौ । मानहुँकोट देखि सिद्धमार्ग हँुदै अलैचे, चापाघाट, पृथ्वीराजमार्ग हुदै दुर्गा मन्दिर अनसन चौतारी, सफासडक, भोर्लेटार चोक, व्यास मार्ग हुँदै बैरेनी दुम्सी खहरे,कलेस्ती बोटेटार,पाथ्रा सत्रसय,कालिका मार्ग हुदै बर्लाछी सोतीबेसी,बगुवा रिस्ती,बाहुन पोखरा हुदै पुलिमराड सहिद स्मारक पार्कमा पुगेर टुंगिने आयोजकले जनाएको छ ।

गतबर्षसम्म म्याथनमा राष्ट्रिय धावक सहभागी गराइएपनि यसबर्ष जिल्लाभित्रका धावकलाई सहभागी हुन पाउने प्रावधान राखिएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार ६१ हजार द्वितीय ५१ हजार तृतीय ३८ हजार र सान्तवना तीन जनालाई जनही रु.बाह्र हजार पाँच सयका दरले प्रदान गरिनेछ । रुट कायम गर्ने, चेक पोइन्ट तयार गर्ने, बाटो विस्तार गर्ने, संकेत बोर्ड राख्ने काम भइसकेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार अल्ट्रा म्याराथन प्रतियोगितामा ५७ जना धावकले नाम दर्ता गराएका छन् । सहभागी थपिने क्रम जारी रहेको छ । सहभागी हुने धावकहरुलाई व्यास नगरपालिकाको हलमा आधा घण्टाको ब्रिफिङ गराइएको नगरपालिकाका शिक्षा शाखा प्रमुख नविन पराजुलीले जानकारी दिनुभयो । सहभागी धावकहरुलाई दौडका नियमहरु बारे बताईएको हो । मानुङकोटदेखि पुलिम¥याङसम्मको अल्ट्रा म्याराथनमा यस पटक भने तनहुँ जिल्लाका प्रतियोगीहरुले मात्रै भाग लिन पाउने भएका हुन । अघिल्ला वर्षहरुको खुल्ला व्यास नगर अल्ट्रा म्याराथनमा देशभरबाट धावकहरु आउने गरेका थिए । व्यास नगरपालिकाले यस वर्ष स्थानीय धावकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले जिल्लाभित्रका व्यक्तिहरुले मात्रै प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरेको हो । स्थानीय युवाहरुलाई खेलकुदतर्फ आकर्षण गर्न जिल्लाभित्रका व्यक्तिहरुलाई मात्र म्याराथनमा भाग लिने व्यवस्था मिलाइएको हो ।

सहभागी धावकहरुलाई आइतबार अपरान्ह सेण्डो वितरण गरिएको छ । व्यास नगर प्रतियोगिताको नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेलले उद्घाटन एवं समापन गर्ने कार्यक्रम रहेको छ ।

शहिद दिवसको उपलक्ष्यमा व्यास नगरपालिकाले आज सार्वजानिक विदा समेत दिएको छ । शहीद दिवसको अवसरमा छैटौं व्यास नगरपालिका अल्ट्रा म्याराथन आयोजना गरेकाले सार्वजनिक बिदा दिईएको नगरपालिकाले जनाएको छ । नगरपालिका अन्र्तगतका संम्पूर्ण कार्यालय,सामुदायिक एवं नीजि शैक्षिक संस्था,स्वास्थ्य संस्थालाई बिदा दिइएको सूचनामा उल्लेख गरिएको छ ।

Show More

Related Articles

Back to top button