दमौली खबर संवाददाता
दमौली, माघ १२
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शक्ति सन्तुलनको लागि नेपाली कांग्रेसको भागमा राष्ट्रपति पद दिनु पर्ने बताउनु भएको छ । महामन्त्री थापाले विहिबार नेपाली कांग्रेस तनहुँले गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो ।
राष्ट्रपति, प्रधानमन्त्री, सभामुख फरक फरक पार्टीको हुँदा शक्ति सन्तुलनमा आउने हुँदा राष्ट्रिय सहमतीमा नै कांग्रेसलाई दिनुपर्ने उहाँको भनाई थियो राष्ट्रिय सहमतीको आधारमा कांग्रेसले राष्ट्रपति पाउनु पर्ने थापाको भनाई थियो । निर्वाचन अघि माओवादीसँग गठबन्धन गरिएको आधारमा पनि कांग्रेसले राष्ट्रपतिलाई उम्मेदवार बनाएको व्यक्तिलाई माओवादीले समेत मत हाल्नु पर्छ भन्ने कांग्रेसको धारणा रहेको महामन्त्री थापाले बताउनुभयो । पहल कदमी गरेको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिई सकेपछि स्वभाविक रुपमा कांग्रेसको उम्मेदवारलाई माओवादीले राष्ट्रपतिमा सघाउनु पर्ने थापाको भनाई थियो । उम्मेदवार कसलाई बनाउने भन्ने सन्र्दभमा पनि कांग्रेसले चाँडै नै निर्णय गर्ने महामन्त्री थापाले बताउनुभयो । पार्टीका नेताहरुको बीचमा गरिने छलफल कुनै दुई व्यक्तिबीचको सहमती हैन त्यहाँ भित्र हुने समझदारी व्यक्तिगत, अपारदर्शी हुनुहुँदैन, र गोप्य हुनु नहुने उहाँको भनाई थियो । ‘‘कतिपपय कुराहरु रणनीतिक होला तर समझादारीहरु गोप्य हुनुहुँदैन खुला हुनुपर्छ, निजी जस्तो कुरा गर्दा समस्या ल्याउँछ’’ थापाले भन्नुभयो । एमाले र माओवादीबीच पार्टी एकता भएपछि एमाले माओवादी बीच सम्झौता भएको गोप्य हुँदा समस्या निम्तिएको उल्लेख गर्दै महामन्त्री थापाले नितान्त व्यक्तिगत गर्न थालियो भने दुर्घटना निम्त्याउने बताउनुभयो । सत्ताराजनीतिकमा कुरा रणनीति भित्र पर्ने भएपनि व्यक्तिगत जस्तो गोप्य राख्न नहुने थापाले बताउनुभयो । सरकारमा जाँदा मात्रै सबैकुरा ठिक हो भनेर सोच्न नहुने थापाको भनाई थियो । पञ्चायत कालको ३० वर्षको राजीनितिमा कांग्रेस सरकारमा जान चाहेको भए पाउने अवस्था थियो तर गएन किन त ? त्यसलाई सोचोर हेर्नु पर्ने थापाले बताउनुभयो । ‘‘राजाले गरेको निर्णय नमानेर किन सरकारमा नगएको हो ? सिद्धान्तबाट च्यूत भएर सरकारमा जाने अवस्था ठिक हैन भनेर नगएको हो’’ थापाले भन्नुभयो ।
फेरी कांग्रेस जरामा फर्किने, शुद्ध बनाउने, एकल तागतको आधारमा सबैभन्दा ठुलो दल बन्ने गरी काम गर्न नेता थापाले कार्यकतालाई आग्रह गर्नुभयो । कम्युनिष्ट पार्टीबीच एकता भयो भने पनि त्यो सँग लड्ने तागत कांग्रेस ल्याउनु पर्ने महामन्त्री थापाले भन्नुभयो,जनताको बीचमा संवाद गनुपर्छ’ । शुद्धिकरण गर्ने, सदृढीकरण गरेर बदल्ने काममा लाग्नु पर्ने थापाले भन्नुभयो । सबै भातृ सङ्गठन फागुनको पहिलो साता सम्म पूर्णता पाउने र विवादको समाधान गर्ने तथा नीति अधिवेशन गर्ने गरी पार्टीले योजना बनाएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रम नेपाली कांग्रेस तनहुँका सभापति जीतप्रकाश आले, जिल्ला सचिव लक्ष्मीभक्त खनाल लगायतले सत्ता बाहिर हुनु प¥यो भनेर निराशा नभई पार्टी सृदृढीकरण अभियान लागेर आगामी चुनावमा गठबन्धन नगरीकन पनि कांग्रेस बलियो बनाउनु पर्नेमा जोड दिनु भएको थियो ।

