हेडलाईनUncategorized

व्यास ७ मा ट्राफिक पोष्ट राखिने

दमौली खबर संवाददाता
असार ३

व्यास मार्गमा गुड्ने सवारी चाप बढेपछि ट्राफिक पोष्ट अपरिहार्य भएको भन्दै व्यास ७ वडा कार्यलयले ट्राफिक पोष्ट राख्ने भएको छ ।

वडा अध्यक्ष सतिशचन्द्र न्यौपानेको अध्यक्षतामा मंगलबार बसेको बैठकले ट्राफिक पोष्ट आवश्यक भएकोले जिल्ला ट्राफिक प्रहरी कार्यलयमार्फत जिल्ला प्रहरी कार्यलयमा पोष्ट राख्न माग गर्दै निर्णय गरेको हो । दमौलीदेखि लमजुङको भोर्लेटार र सोतीपसलसम्म हुँदै भानुनगरपालिकाको पोखरीछापसम्म पुग्ने मार्गहरु विस्तार भएसँगै सवारी चाप र नियम पालना नगरी मोटरसाइकल लगायत दुईपांग्रे सवारी चलाउनेहरु बढेकोले ट्राफिक चेक पोष्ट राख्न आवश्यक ठानेर निर्णय गरिएको वडा अध्यक्ष न्यौपानेले बताए । आफूहरुले कानुनको पूर्ण पालना गरी सभ्य र समुन्नत समाज स्थापित गर्न चाहेकोले पनि पोष्ट राख्न अनुरोध गर्ने निर्णय गरिएको उनले बताए । ‘व्यास मार्ग साँगुरो छ,’ उनले भने, ‘तर दुईपांग्रे सवारी चलाउनेहरुको संख्या झनै बढ्दो छ । नियममा बाँधिएर सवारी चलाउन प्रोत्साहन मिल्ने ठानेर ट्राफिक पोष्ट स्थापना गरिएको उनले बताए । बैठकमा वडा सदस्यहरु युवराज गुरुङ, कुलदिप बानियाँ, पम्फा वाग्ले र भक्तमाया विक लगायतले सबैको साथ र सहयोग जुटाउन पनि बैठक बोलाईएको बताएका थिए ।

प्रहरी चौकी कलेस्तीका प्रहरी सहायक निरिक्षक झनक महतले व्यास मार्ग क्षेत्रमा दैनिक करिव २ सय सवारी साधन चल्ने भएकोले पनि ट्राफिक पोष्ट राख्न आवश्यक ठानिएको बताए । वैकल्पिक व्यवस्था नभएसम्म तत्कालको लागि एक जना ट्राफिकलाई आफूहरुले वसाई व्यवस्थापन गर्न सक्ने समेत उनले बताए । ट्राफिक पोष्ट माग गर्ने विषयमा व्यास ७ का नागरिक समाज, टोलका अध्यक्ष लगायतलाई छलफलमा बोलाएर निर्णय गर्दा प्रभावकारी हुने ठानेर बैठक बोलाएको वडा सचिव सुमित्रा बरालले बताईन् ।

प्रहरी र नागरिक विच आपसी समन्वय हुन सकेमात्रै समुन्नत समाजको निर्माण हुने भएकोले प्रहरी र नागरिकको सम्बन्ध नङ र मासुको जस्तै हुनु पर्ने पत्रकार पूर्ण विकेले बताए । प्रहरी एक्लैले समाजमा शान्ति र सुरक्षा स्थापित गर्न नसक्ने भएकोले नागरिक समाजको साथ अपरिहार्य भएको उनले बताए ।

Show More

Related Articles

Back to top button