समाचारविचारUncategorized

व्यासमा थपिए ८ संक्रमीत

व्यास नगरपालिकामा सोमबार आठ जना नयाँ संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विज्ञप्ती अनुसार थपिनेमा व्यास १, २, ३, ७, १० र १३ का व्यक्ति छन् । निर्देशालयले जारी गरेको विज्ञप्तीमा व्यास १ का २४ र ४१ वर्षका पुरुष, व्यास २मा ४८ वर्षीया महिला, व्यास ३ मा ३२ वर्षीय पुरुष र ४५ वर्षीया महिलाााााा, व्यास ७ मा २७ वर्षीय पुरुष, व्यास १० मा २४ वर्षीय महिला र व्यास १३ मा ६० वर्षीया महिला रहेका छन् । भारतबाट आएर होम क्वारेन्टिनमा बसेका छन् ।

व्यास २ का संक्रमित पुरुषकी पत्नीमा रहेको खुलेको छ । यसैगरी व्यास ३ मा भारतबाट आएका एक पुरुषकै परिवारकी सदस्य महिला रहेकी छिन् भने अर्का स्थानिय पुरुष रहेका छन् । व्यास ७ र १३ का भारत तथा खाडी मूलुकबाट फर्केका पुरुषसँगै यस अघि संक्रमण भेटिएको व्यास १० को परिवारको सम्पर्कमा आएकी स्थानीय महिलामा पनि संक्रमण भेटिएको व्यास नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

Show More

Related Articles

Back to top button